यहाँको राज्य सरकारले आज बिहान जारी गरेको पछिल्लो जानकारी अनुसार, थप १० जना कोरोनाभाईरसले सक्रमित भएका छन्। यसमध्ये, ५ जना एभालोनमा शुरु भएको संक्रमणसँग सम्बन्धित रहेका छन् भने अर्का तिन चाहि क्रोयडनमा फैलिएको संक्रमणसँग जोडिएका छन्।
बाँकी दुई मध्ये- १ जना राज्यको यातायातकर्मी सँग जोडिएको छ भने, अर्का एकको सम्बन्धमा भने थप अनुसन्धान भईरहेको छ।
यहाँको स्वस्थ्य मंत्रालयको अनुसार -गत २४ घण्टामा २८ हजारले कोभिड-१९ को परिक्षण गराएको थिए।
उक्त जानकारी दिने क्रममा, राज्यकी प्रिमियर ग्याडिस बेरेजेक्लिनले आम नागरिकहरुले सार्वजनिक यातायातमा जाँदा, वा कुनै भित्री वातावरणमा हुने कार्यक्रममा भाग लिदा – मास्क लगाउनु पर्ने पनि बताईन्।
हिजो बेलुकादेखि जारी गरिएको आदेश अनुसार, अब सिड्नी र वरपरको क्षेत्रका बासिन्दाहरुले मात्र ५ जनालाई घरभित्र भेटघाट गर्न पाउने छन्।
त्यसैगरी, नर्दन बीचेसको उत्तरी र दक्षिणी क्षेत्रका बासिन्दाहरूलाई जनवरी ९ तारिख सम्म घर भित्रै बस्न कडा आदेश दिइएको छ, तर आज बेलुकीको लागि भने आफ्नो घरमा बालबच्चा सहित पाँच जना सम्म भेला गर्न पाउने छन्। भेला हुने सबै जना आफ्नै क्षेत्रका बासिन्दा हुनु पर्छ।
न्यु साउथ वेल्समा पछिल्ला समयमा सङ्क्रमितहरू भेटिएका स्थानहरू र वर्तमान प्रतिबन्धहरूका लागि जानुहोस्।
उता विक्टोरियामा, अहिले पाँच बजे पछि, कुनै भवनभित्र जम्मा हुँदा- १५ जना मात्र हुन पाउने स्वस्थ्य आदेश जारी गरेको छ। यसअघि, तीस जनासम्म सँगै जम्मा हुन पाउथे।
साथै, आफ्नो घर बाहेक अन्य ठाउँमा जमघट गर्दा मास्क अनिवार्य रुपमा लगाउने पर्ने त्यहाँ की कार्यवाहक प्रिमियर जसिन्टा एलेनले बताएकी छिन्।
विक्टोरियामा हाल फैलिएको संक्रमण न्यु साउथ वेल्ससँग जोडिएको छ। राज्यमा हाल ६ जना संक्रमित रहेका छन् भने, उनीहरुको सम्पर्कमा आएका ५२ जनाको बारेमा थप अनुसन्धान हुँदै गरेको त्यहाँका अधिकारीहरुले बताएका छन्।
उता दक्षीण अस्ट्रेलियाले आज मध्यरात देखि भोलिदेखि न्यु साउँ वेल्स राज्यसँगको सीमालाई बन्द गर्ने भएको छ। सिड्नी र वरपरको क्षेत्रमा बढ्दै गएको कोरोनाभाईरसको संक्रमणको कारण त्यहाँको सरकारले उक्त निर्णय लिएको बताएको छ।
यो पनि पढ्नुहोस्

भिक्टोरियामा सामुदायिक सङ्क्रमणका तिन मामला फेला
तर राज्यसँग जोडिएको वेन्टवर्थ र ब्रोकन हिल लगायातका १०० किलोमिटर वरपरका बासिन्दाहरुलाई भने सहुलियत दिने पनि घोषना गरिएको छ।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी उपलब्ध छ।