भिक्टोरियामा सामुदायिक सङ्क्रमणका तिन मामला फेला

६१ दिन सम्म सामुदायिक सङ्क्रमण मुक्त रहेको भिक्टोरियामा कोरोनाका तिन सङ्क्रमण देखिएका छन् ।

The Melbourne skyline.

Melbourne has reported three new cases of COVID-19 in the community. Source: AAP

मेलर्वनका मिटचाम,हलम र मेन्टोनमा कोरोना सङ्क्रमित फेला परेका हुन् ।

भिक्टोरियाका स्वास्थ्य अधिकारीहरूले फाउन्टेन गेट सपिङ सेन्टर र होली फ्यामीली प्यारीस डोभेटन चर्च लगायतलाई बुधवार राति सम्भावित सङ्क्रमण क्षेत्रका रूपमा उल्लेख गरेको छ ।

स्वास्थ्य अधिकारीहरूले भेटिएका सङ्क्रमितहरू सिड्नीको प्रकोप सँग जोडिएको आशङ्का गरेका छन् ।

हाल ४० भन्दा बढी मानिसलाई सेल्फ आइसोलेसनमा बस्न लगाइएको छ ।
गत अक्टोबर ३१ तारिख यता कुनै पनि स्थानीय सङ्क्रमणका मामला फेला परेका थिएनन् ।

भिक्टोरियाका कोभिड सुरक्षा कमान्डर जेरोन वेमारले सक्रिय सङ्क्रमण चिन्ताको विषय भएता पनि सम्भावित क्षेत्र र उनीहरूको सम्पर्कमा आएका मानिसहरूको पहिचान सुनिश्चित भइरहेको बताए ।
“हामी सँग अहिले तिन वटा सक्रिय सङ्क्रमणका मामला छन्, संक्रमतीहरु अहिले घरमै आइसोलेसनमा छन् स्वास्थ्य अधिकारी एवम् मानव सेवा विभागका मानिसहरूले उनीहरूलाई सहयोग र निगरानी गरिरहेका छन् ।” वेमारले भने ।

४० वर्षका दुई र ७० वर्षकी एक महिला सङ्क्रमित भएको बताइएको छ ।

सङ्क्रमणको श्रोत पत्ता लगाउन अधिकारीहरू रातभर खटिएको वेमारले बताए ।

यो सँग जोडिएर अन्य व्यक्तिमा पनि सङ्क्रमण देखिन सक्ने उनले बताए ।

सङ्क्रमित व्यक्ति पुगेका स्थानहरूको आधिकारिक विवरण उपलब्ध छ ,

यसैबिच बुधवार बिहान भिक्टोरियाका अधिकारीहरूले न्यु साउथ वेल्स सँगको सीमा खोल्न अझै निकै समय लाग्ने बताएका थिए ।

तिन नयाँ सङ्क्रमण देखिनु अघि भिक्टोरियामा होटेल क्वावारीनटीनमा आठ वटा सक्रिय सङ्क्रमण रहेका थिए ।
यसै बिच भिक्टोरिया सरकारले नयाँ वर्षमा फायरवक्र्स नगर्ने जनाएको छ । फायरवक्र्स नगरेता पनि नयाँ वर्षलाई उत्सवका रूपमा मनाउन सहरका हार्डवेयर लेन,चाईनाटाउन,स्प्रिङ स्ट्रिट लगायतमा रेष्टुरेष्टका स्टलहरू राखिने भएका छन् ।

नयाँ वर्षको साँझ अतिरिक्त प्रहरीले भिडभाड हुने क्षेत्रहरूमा निगरानी राख्नेछन् ।

Share
Published 31 December 2020 10:28am
By SBS News
Presented by SBS Nepali
Source: SBS


Share this with family and friends