अस्ट्रेलियाको दक्षिण पूर्वी तटीय क्षेत्रका केही स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।
स्थानीय समय अनुसार बुधवार बिहान करिब ९ बजेर १५ मिनेटमा मेन्सफिल्डलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको बताइएको छ ।
न्यु साउथ वेल्स लगायत क्यानबेरा,मेलर्वन,रिजनल भिक्टोरिया,एडिलेड लगायतका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको जियो साइन्स अस्ट्रेलियाले जनाएको छ
सामाजिक सञ्जालहरूमा राखिएका भिडियो एवम् तस्बिरहरूमा मेलर्वनको भित्री सहरी क्षेत्रहरूमा भवनहरूका संरचनाहरूमा क्षति पुगेका देखिएको छ ।
म्यान्सफिल्डका मेयर मार्क हालकोम्बले सहरमा आफ्नो २० बर्से बसाइँका क्रममा पहीलोपटक यस्तो अनुभव गरेको बताए ।
”म मेरो कार्यस्थानमा बसिरहेको थिए,र अकस्मात् मलाई त्यहाँबाट भाग्नु प–यो” उनले भने ।
संस्थाका अनुसार भिक्टोरियाको उत्तर पूर्वी क्षेत्र म्यान्सफिल्ड ६ रेक्टर स्केलको भूकम्पको धक्का रेकर्ड गरिएको हो ।