Explainer

कोभिड-१९ अपडेट: न्यु साउथ वेल्सद्वारा खोप लगाएको प्रमाण देखाउने एपको परीक्षण सुरु गर्ने घोषणा, भिक्टोरियाद्वारा स्कूलका वायु शुद्धीकरणमा लगानी गर्ने

यो बुधवार, २२ सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Chappel Street in Melbourne, Wednesday, September 22, 2021

Chapel Street in Melbourne, Wednesday, September 22, 2021. An earthquake has been reported in Victoria and tremors were as far away as Canberra and Sydney. Source: AAP/James Ross

मुख्य बुँदाहरू:

  • पश्चिमी न्यु साउथ वेल्सको ओबेरन स्थित ढलको नमुना सङ्कलन गर्दा भाइरस फेला पर्‍यो,
  • रिजनल भिक्टोरियाको बालाराट लकडाउन मुक्त हुँदै,
  • एसीटी आफ्नो खोप लक्ष्य तर्फ अग्रसर र
  • क्वीन्सल्यान्डमा बिना बुकिङ खोप लगाउने स्थानहरू बढ्यो।

न्यु साउथ वेल्स

मङ्गलवार राती आठ बजेसम्मको गणना अवधिमा न्यु साउथ वेल्सले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणको १,०३५ नयाँ मामिलाहरू दर्ता गरेको छ।

सोही अवधिमा राज्यमा थप पाँच जनाले कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाएको पनि प्रिमियर ग्लाडिस बेरिजिक्लियनले पुष्टि गरेकी छिन्।

उनी भन्छिन् कि राज्यका १६ वर्ष माथिका ७० प्रतिशत बासिन्दाहरूले खोपको दुवै मात्रा लगाएपछि प्रतिबन्धहरू खुकुलो पारिँदा प्रयोगमा आउने खोप राहदानी वा भ्याक्सिन पासपोर्टको तयारीमा न्यु साउथ वेल्स सरकार लागेको छ।
“राज्य फेरी खुल्दा व्यवसाय र व्यक्तिका जिम्मेवारीहरू के-के हुनेछन् भनेर सरकारले स्पष्ट पार्नेछ,” उनले भनिन्।

“पहिलेको व्यवस्था भन्दा यो नितान्त फरक हुनेछैन।”

बेरिजिक्लियनका अनुसार सर्भिस न्यु साउथ वेल्सको चेक इन प्रणाली र मेडिकेयरद्वारा जारी हुने खोप कार्डलाई मिलाएर एक नयाँ एपको परीक्षण रिजनल न्यु साउथ वेल्सबाट सुरु गरिनेछ।

उता, पश्चिमी न्यु साउथ वेल्सको ओबेरन स्थित ढलको नमुना सङ्कलन गर्दा भाइरस फेला परेपछि अधिकारीहरूले स्थानीय समुदायलाई कोभिड-१९ सम्बन्धी लक्षण देखा पर्नासाथ परीक्षणका लागि अगाडि आउन आग्रह गरेका छन्।

भिक्टोरिया

मध्यरातसम्मको गणना अवधिसम्ममा भिक्टोरियामा कोरोनाभाइरस स्थानीय सङ्क्रमणका थप ६२८ नयाँ मामिलाहरू पुष्टि भएका छन्।

यी मध्ये ५७ प्रतिशत मेलबर्नका उत्तरी सबर्बहरूका बासिन्दा हुन्।

सोही अवधिमा कोभिड-१९ सङ्क्रमणका कारण राज्यमा थप तीन जनाको मृत्यु भएको पनि स्थानीय स्वास्थ्य विभागले बताएको छ।

हाल भिक्टोरियाभर ६,२२३ सक्रिय सङ्क्रमित रहेका छन् जसमध्ये २५७ जनाको अस्पतालमा उपचार जारी छ।

यसरी अस्पतालमा भर्ती भएकाहरू मध्ये ५८ बिरामीहरु सघन उपचार कक्षमा छन् जसमा ३७ व्यक्तिहरूलाई भेन्टिलेटरमा राखिएको पनि अधिकारीहरूले जानकारी दिएका छन्।
गत एक सातादेखि लकडाउनमा रहेको रिजनल शहर बालाराटको पछिल्लो कोरोनाभाइरस प्रकोप नियन्त्रणमा आएको विश्वास राज्यका स्वास्थ्य अधिकारीहरूको छ।

योसँगै, भिक्टोरियाली डेपुटी प्रिमियर जेम्स मेलिनोले आज मध्यरातदेखि उक्त रिजनल शहर लकडाउन मुक्त हुने बताएका छन्।

“सम्पूर्ण बालाराट समुदायलाई मेरो धन्यवाद छ,” उनले भने।

“तर मानिसहरूले जनस्वास्थ्य सम्बन्धी आदेशहरूको पालना कायमै राख्नुपर्छ, मास्क (भवन) बाहिर र भित्र अझै पनि लगाउनु पर्छ।”  

यसै गरी भिक्टोरियाली सरकारले १९ करोड डलर खर्चेर ५१,००० वायु शुद्धीकरण यन्त्रहरू सरकारी, कम शुल्कका क्याथोलिक एवम् स्वतन्त्र विद्यालयहरूमा जडान गरिने पनि घोषणा आज गरेको छ।

शिक्षा मन्त्री समेत रहेका मेलिनोका अनुसार विद्यालयहरूमा वायु शुद्धीकरण गर्न अस्ट्रेलियामा पहिलो पटक यति ठुलो धनराशी लगानी गर्न लागिएको हो।

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

एसीटीले पछिल्लो २४ घण्टे गणना अवधिमा कोभिड-१९ स्थानीय सङ्क्रमणको थप १७ मामिलाहरू दर्ता गरेको छ।

मुख्यमन्त्री एन्ड्रु बार्रका अनुसार ती मध्ये ११ जना समुदायमा सक्रिय थिए।
उनका अनुसार एसीटीको ९५ प्रतिशत योग्य बासिन्दाहरूलाई खोपको पहिलो मात्रा लगाउने लक्ष्य प्राप्त हुने देखिएको छ।

एसीटीमा हालसम्म ८१ प्रतिशत योग्य बासिन्दाहरूले खोपको पहिलो मात्रा लगाइसकेका छन् भने दुवै डोज लगाउने मानिसहरूको सङ्ख्या ५६ प्रतिशत छ।

क्वीन्सल्यान्ड

बितेका २४ घण्टामा क्वीन्सल्यान्डले कोभिड-१९ स्थानीय सङ्क्रमणको थप एक मामिला दर्ता गरेको छ।

प्रिमियर अनास्टेसिया पलाशेका अनुसार आज पुष्टि गरिएका उक्त मामिला दक्षिण ब्रिसबेनको सनीब्याङ्क क्लस्टरसँग सम्बन्धित रहेको छ।

हाल घरमा नै क्वारेन्टिन गरिरहेका व्यक्ति भएका कारण उनीबाट समुदायलाई कुनै जोखिम नरहेको पनि पलाशेले बताएकी छिन्।
यसै गरी आजदेखि लागू हुने गरी कबुलचर, डूम्बेन, किप्पा-रिङ र ब्रिसबेन इन्टरटेन्मेन्ट सेन्टरका खोप केन्द्रहरूमा पनि मानिसहरूले सोझै उपस्थिति जनाएर खोप लगाउन पाउने भएका छन्।

गत सप्ताहान्तका बेला “सुपर फाइजर वीकेन्ड” कार्यक्रम मार्फत हजारौँ क्वीन्सल्यान्डवासीहरुले बिना बुकिङ खोप लगाउन आएपछि यस्तो व्यवस्था गरिएको प्रिमियरको भनाई छ।

“मानिसहरूले यस्तो वक-इनलाई सजिलो व्यवस्थाका रूपमा लिएका छन्,” पलाशेले भनिन्।
“अबको केही सप्ताहान्तमा हामी फेरी सुपर फाइजर वीकेन्डको आयोजना गर्नेछौं।”
पछिल्लो सरकारी आँकडा अनुसार क्वीन्सल्यान्डका ६१ प्रतिशत योग्य बासिन्दाहरूले कोभिड-१९ विरुद्ध उपलब्ध खोपको पहिलो मात्रा लगाइसकेका छन् भने कम्तीमा पनि ४२ प्रतिशतले दुवै मात्रा पाइसकेका छन्।
 

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे 

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी  मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा 

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्:  ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे 


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका र 


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

 भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी  र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share
Published 22 September 2021 2:09pm
Updated 22 September 2021 2:52pm
By SBS/ALC Content
Source: SBS


Share this with family and friends