विश्वविद्यालय भन्दा छोटो समयमा अध्ययन पुरा हुने, कम खर्चमै पढाई हुने र पठनपाठन समापन हुनासाथ साथ रोजगारी खोज्न समेत सजिलो हुने भएकाले यस्ता व्यवहारिक शिक्षामा मानिसहरू आकर्षित भएका हुन् ।
यस्ता विषयमा अध्ययन गर्ने मानिसहरूको सङ्ख्या ३ गुणाले बढेको सङ्घीय रोजगार मन्त्री मिकेलिया क्यासको भनाई छ ।
तान्जेनियाको एक शरणार्थी शिविरमा हुर्किएकी साउना इमारुको जीवनमा ११ वर्षको पर्खाइ पछि नयाँ मोड आयो, अस्ट्रेलियामा पहिलो पाइला परेसँगै अबको जीवन नयाँ देश र नयाँ भाषासँगै कसरी अगाडी बढाउने भन्नेमा उनको द्विविधा थियो ।

Minister for Employment Michaelia Cash. Source: AAP
सधैँ सेवाका भावना मनमा लिएर हिँड्ने इमारुले आफ्नो हाई स्कुलको अध्ययन सकिएपछि अस्ट्रेलियामा भेटका रूपमा चर्चा पाएको व्यवहारिक शिक्षा लिने निर्णय लिइन र सर्टिफिकेट ३ इन हेल्थ साइन्समा भर्ना भइन ।
अध्ययन सकिएको केही समय पश्चात् नै उनले एडिलेडमा रहेको एक संस्थामा असिस्टेन्ट नर्सका रूपमा काम पाइन ।
इमारु सँगै काम गर्ने युगान्डाको शरणार्थी शिविरमा हुर्के बढेकी जेन अलियाको कथा पनि उस्तै छ हाई स्कुल पछि विश्वविद्यालय भर्ना हुनका साटो व्यवहारिक शिक्षा दिने संस्था प्रति उनको रुचि बढ्यो ।
सुरुमा उनको परिवार विश्वविद्यालय नगएको प्रति त्यति खुसी नभएको उनले बताइन ।
अधिकार मानिसहरूले विश्वविद्यालयको शिक्षालाईमात्रै जोड दिने गरेता पनि व्यवाहारीक शिक्षाका राम्रा पाटाका बारेमा जानकार नरहेको आलिया बताउँछिन् ।
सुरुमा डेन्टल असिस्टेन्टका रूपमा अध्ययन गरेको भए पनि उनी अब मेडिसिन पढ्ने सोचमा छिन् ।

All types of surgeries, including elective, cosmetic surgery and dentistry, will legally be permitted in South Australia once the update comes into effect. Source: SBS
उनी भन्छिन् के थाहा म कुनै दिन डक्टर आलिया भनेर पो चिनिन्छु कि!
अस्ट्रेलियामा माग भएका १२ मध्ये ११ वटा रोजगारी यस्तै व्यवहारिक शिक्षामा आधारित छन् चाईल्स केयर, ट्रक ड्राइभर ,मेकानिकल, वेल्डर्स, एज्ड केयर लगायतका पेसाहरू यस्तै व्यवहारिक शिक्षाबाट आर्जन गर्न सकिन्छ ।
रोजगार मन्त्री क्यास पनि आफू विश्वविद्यालयको वैकल्पिक शिक्षाका रूपमा रहेको व्यवहारिक शिक्षालाई प्रवर्द्धन गर्न लागि परेको बताउँछिन् ।
कोभिड-१९ पछाडि अस्ट्रेलियालाई फेरी अगाडी बढाउन यस्तै योग्य कामदारहरूको आवश्यकता पर्ने भएकाले सरकारले यस्ता जब रेडी ग्रयाजुएटहरुको आवश्यकता महसुस गरेको उनले बताइन् ।
आफ्नो घरका रूपमा रहेको अस्ट्रेलियामा आवश्यकतामा रहेका मानिसहरूलाई सेवा दिन पाउँदा साउना इमारु निकै खुसी छन्।
उनी भन्छिन् जुन सुकै देश धर्म वा संस्कृतिबाट आएको भए पनि यस्ता व्यवहारिक शिक्षा लिन कहिल्यै हिचकिचाउन हुँदैन व्यवहारिक शिक्षा सबैका लागि हो जुनसुकै पेसामा जाँदा पनि यसको आवश्यकता पर्दछ ।