लकडाउन,मेलर्वनबासिका लागि परिचित परिदृश्य हो ।
होटेल क्वारेनटिनबाट निस्किएको कोरोनाको रोकथामका लागि लकडाउन सुरु भएको हो ।
र यो परिस्थतीको सिर्जना कसरी हुन पुग्यो भन्ने प्रश्नमा चाही कार्यवाहक प्रिमीयर मर्लिनोले यसको दोष सङ्घीय समकक्षीहरूलाई दिएका छन् ।
“बिशेषगरी कोरोनाको यो भेरीयन्टका लागि होटेल बाहेकको अर्को व्यवस्था भएको भए आज हामी यहाँ नहुन सक्थ्यौ ” उनले भने ।
उनले चेतावनी दिइरहेका छन् की खोप कार्यक्रममा विलम्वता जसले आफ्नो लक्ष्य छुटाएको छ, यसले भिक्टोरियाका वृद्ध देख भाल केन्द्र्रहरुमा जोखिम युक्त भिक्टोरीयालीहरुलाई उजागर गरिरहेको छ ।
राज्य सरकारले एज्डकेयर होमहरूमा रहेका बृद्धा भिक्टोरीयालीहरुको सुरक्षा दिन विशेष पहल थालेको छ ।

Acting Victorian Premier James Merlino addresses the media during a press conference in Melbourne. Source: AAP
थप खोपको व्यवस्था गर्ने वचन दिँदै मुख्य स्वास्थ्य अधिकारीले खोपका विषयमा स्वास्थ्य सल्लाहमा पनि परिमार्जन गरेका छन् ।
फ्लुका विरुद्ध लगाइने खोप र कोरोना खोपका बिचमा दुई हप्ताका प्रतीक्षा अवधिलाई पनि हटाइएको छ ।
उनी भन्छन् लाभ र सुरक्षाका फाइदाहरू जोखिम भन्दा धेरै छन् ।
यता प्रधानमन्त्री स्कट मोरीसन पनि भिक्टोरियाको पक्षमा आफू रहेको बताइरहेका छन् ।
सङ्घीय सरकारले हटस्पट देशहरूमा देखिएको कोरोनाका नयाँ भेरीयन्टहरुको समाधानका लागि व्यवस्थित रूपमा बनाइने प्रस्ताव गरिएको क्वारेनटिन व्यवस्थाहरूका बारेमा सकारात्मक रहेको बताएको छ ।
कार्यवाहक प्रिमीयरले सङ्घीय सरकारले मिक्लेहाम र एभलोनमा प्रस्तावित क्वारेनटिन व्यवस्था निर्माण गर्नका लागि अनुमति दिएको पुष्टि गरे ।
र भवन निर्माणका टेन्डरको प्रक्रियामा जाने बारेमा पनि बताएका छन् ।
प्रधानमन्त्री स्कट मोरीसनले भने होटेल क्वारेनटिन कार्यक्रमका बचाउ गदै आइरहेका छन् ।

Prime Minister Scott Morrison addresses media during a press conference in Sydney, Tuesday, April 27, 2021. (AAP Image/Dan Himbrechts) NO ARCHIVING Source: AAP
राज्यद्वारा सञ्चालन हुने यस्ता व्यवस्थाले होटेल क्वारेनटिनलाई प्रतिस्थापन गर्न नसक्ने उनको भनाई छ ।
तर प्रधानमन्त्रीका विपक्षी आलोचक भने यसका लागि धेरै ढिला भइसकेको बताउँछन् ।
अस्ट्रेलियाका सबैभन्दा कमजोर मानिसहरूलाई तिरस्कार गरिएको भन्ने आरोपलाई भने प्रधानमन्त्रीले इन्कार गरेका छन् ।
लकडाउनका बाबजुद पनि भिक्टोरियाले अन्तर्राष्ट्रिय यात्रुको आगमनलाई भने निरन्तरता दिने बताएको छ ।