सामान्यतया सुनिने तर थाहा नभएको एन्डोमिट्रियोसिस के हो ?

Surgeon in scrubs discussing common pathologies

Obstetrician–Gynecologist holding teaching tool model of women's uterus and ovary and discussing the common diseases associated with women's health. Dressed in green scrubs Credit: Peter Dazeley/Getty Images

हामी धेरैले एन्डोमिट्रियोसिस भन्ने सुनेका छौँ, तर धेरै कम मानिसहरूलाई मात्र यो रोगका बारेमा थाहा छ जसले लगभग १० प्रतिशत महिलाहरूलाई प्रभाव पारेको हुन्छ। एन्डोमिट्रियोसिस निकै जिद्दी किसिमको, दिक्क लाग्दो र पिडादायी दीर्घकालीन स्वास्थ्य अवस्था हो। यसका धेरै प्रकारका लक्षणहरू हुन्छन्। यसले मानिसको स्वास्थ्य र कुशलतामा गम्भीर प्रभाव पार्दछ। तर यसलाई वर्जित विषयका रूपमा लिइने र यो अवस्थाबारे सामान्य जनचेतनाको कमीका कारण पीडितहरूको ढिलो गरी रोग निदान हुने र अप्रभावकारी उपचार हुने गर्दछ। तिन भागको शृङ्खलाको पहिलो भागमा हामी एन्डोमिट्रियोसिस भनेको के हो, यसका लक्षणहरू र त्यसको परिणामबारे चर्चा गर्ने छौँ।


नोट: यस शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

Share