SBS Examines: अनावश्यक हल्ला, जातिवाद र जनमत सङ्ग्रह

Referendum misinformation web banner.jpg

The referendum has made some Aboriginal and Torres Strait Islander people question their sense of belonging in Australia. Credit: Getty/Supplied

जनमत सङ्ग्रहको क्रममा गलत सूचना र भ्रम फैलिएको थियो। एक वर्ष पछि पनि यसको प्रभाव अझै महसुस भइरहेको छ।


जनमत सङ्ग्रह अभियानको क्रममा टागालागा र गुम्याच मानिस कनर बडनले भोइस इस टु पार्लियामेन्ट जनमत सङ्ग्रह जानकारी मूलक भिडियोहरू बनाएर सामाजिक सञ्जालहरूमा पोस्ट गर्ने थाले।

उनले आफैलाई गलत र भ्रामक जानकारीको लहडसँग भिडिरहेको पाए।

"यसबारे जानकारी मात्र दिनुभन्दा पनि मानिसहरूले बोलेका झूटहरूको भ्रमलाई हटाउनु पर्ने थियो," उनी बताउँछन्।

जनमत सङ्ग्रह पछि आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरू माथि जातिवादका घटनाहरू बढे ।

"जनमत सङ्ग्रहको नतिजाले केही मानिसहरूलाई भेदभाव गर्न हौसला दिएको", आदिवासी र टो रेस स्ट्रेट आइल्यान्डर सामाजिक न्याय कमिस्नर केटी किस बताउँछिन्।

एसबीएस एक्जामिन्सको यस शृङ्खलामा  भोइस वा जनमत सङ्ग्रह हार्नुमा गलत र भ्रामक सूचनाको प्रभाव के थियो भन्नेबारे बताइएको छ।



Share