सिड्नीमा फैलिएको देखिएको पछिल्लो कोरोनाभाईरस डेल्टा भेरिएन्टको रहेको बताइएको छ।
गत अक्टोबरमा भारतमा पहिलो पटक देखिएको उक्त भेरिएन्ट अहिले विश्वभरनै कोरोनाभाईरस फैलाउने मुख्य श्रोत बनेको स्वास्थ्य अधिकारीहरुको भनाइ छ।
सिड्नीमा फेलिएको कोरोनाभाईरसकको यो नयाँ लहरले, न्यु साउथ वेल्सको ग्रामिण क्षेत्रमा पनि प्रकोप पुग्न सक्ने खतरा बढाएको छ। जसका साथ् लागु गरिएका प्रतिबन्धहरुले क्षेत्रिय स्थानहरुमा पनि सङ्क्रमणलाई फैलन नदिने आशा व्यक्त गरेको छ।
यसैबिच, प्रधानमन्त्री स्कट मोरिसनले लकडाउन घोषणा गर्ने न्यु साउथ वेल्स सरकारको कदमको स्वागत गरेका छन्।
बिगतमा लकडाउन घोषणा नगर्ने प्रिमियर ग्लाडिस बेरेजिक्लियनको निर्णयको प्रसंसा गर्दै आएका मोरिसनले यस पटक चाहिं डेल्टा भेरिएन्टले फैलाएको भाइरसलाई नियन्त्रणमा ल्याउन कठोर लकडाउनको आवश्यक्ता रहेको बताएका छन्।