मुख्य विषय
- जुवाका कारण जीवन तहन नहस बन्दै
- के पोकर मेसिनको विकल्प पुस्तकालय बन्न सक्छ ?
- भिक्टोरियाको पुस्तकालय कार्यक्रम अनुसरण गर्न आग्रह
विपन्न क्षेत्रको सुचीमा परेको न्यू साउथ वेल्सको एउटा क्षेत्रले जुवाको प्रकोपलाई न्यूनीकरण गर्न सहयोगको आव्हान गरेको छ ।
फेयरफिल्ड स्थानीय सरकारी क्षेत्र राज्यको सबैभन्दा विपन्न क्षेत्र मध्येको एक मानिन्छ तर अचम्म जुवाका लागि भने न्यू साउथ वेल्स राज्य भित्रकै सबैभन्दा बढी नाफा कमाउने क्षेत्रका रूपमा पर्दछ ।
पूर्व शरणार्थी बिक टुई फाम भन्छिन् उनको अस्ट्रेलियाको नयाँ जीवन जुवाको कुलतले तहसनहस पारिदियो ।
मेलिसियाको शरणार्थी शिबिरमा रहँदा उनले आफ्ना पूर्व पार्टनरलाई भेटेकी थिइन् । र सन् १९९० ताका अस्ट्रेलिया नआउर्जेलसम्म उनलाई उनका पार्टनरको जुवाको लतका बारेमा कमै मात्र थाहा थियो ।
फाम यतिखेर यस्तै दुर्व्यसनको सामना गर्न मद्दत गर्ने काम गर्दछिन् ।

A man playing a poker machine Source: SBS
उनको एउटा सुझाव लाईब्रेरीज आफ्टर डार्क अर्थात् अध्यारोपपछिका पुस्तकालय पनि हो । मेलर्वनमा करिब ३ वर्ष पहिले यो कार्यक्रमको परीक्षण गरिएको थियो र यतिखेर फेयरफिल्ड क्षेत्रका स्थानीय यो कार्यक्रम लाई आफ्नो क्षेत्रमा सञ्चालन गर्न चाहन्छन् ।
मेरी सलिबा कोर कम्युनिटी सर्भिसेसको प्रतिनिधित्व गर्छिन् जसले सिड्नीको दक्षिण पश्चिमी क्षेत्रमा स्थानीय समुदायहरूको प्रतिनिधित्व गदर्छ ।
फेयर फिल्ड क्षेत्रमा बस्ने ३० प्रतिशत भन्दा बढी मानिसहरू कम आम्दानी भएका मानिन्छन् तर यो क्षेत्रको जुवाको कमाइले भने राज्यका अन्य सबै क्षेत्रलाई जितेको छ ।

Marie Saliba from Core Community Services is hoping the NSW state government will fund the Libraries After Dark program in Greater Sydney. Source: SBS News
रक्सी जन्य पर्दाथ र जुवा सम्बन्धी पछिल्लो अर्धवार्षिक रिपोट अनुसार जुवा खेलाउने मेसिनबाट मात्र सो क्षेत्रमा रहेका होटेल तथा पबहरूले १ सय ११ मिलियन डलर अर्थात् १० करोड डलर भन्दा बढीको नाफा गरेका छन् ।
केट दा कोस्टा दक्षिण पश्चिमी क्षेत्रमा जुवाको सुधार समूहका तर्फबाट सहयोग गदैछीन् । उनी भन्छीन न्यू साउथ वेल्समा राज्यमा संसारमै कहीँ नभएको जुवाका मेसिनहरू हरेका कुनामा छन् र यी कानुन सम्मत त छन् तर सुरक्षित भने छैनन् ।
यस क्षेत्रका पुस्तकालयहरू धेरै जसो दिन साँझ ८ बजे सम्म खुला रहन्छन् । र आशा छ कि सञ्चालनको समयलाई बिस्तार गरेर र कार्यक्रमलाई प्रवर्द्धन गरेर पोकर मेसिनको विकल्पका रूपमा मानिसहरूmलाई मनोरजनको प्रदान गर्नेछ ।
भिक्टोरियामा भने परीक्षणको रूपमा अगाडी बढाइएको यो कार्यक्रममा सोचिए भन्दा २ गुणा सहभागिता भएपछि २०२३ सम्म लाई बढाइएको छ ।

Young man carrying stack of books in university library Source: Getty Images
डारुहबिनकी मेयर सुसन रेनि लामो समय सम्म जुवाको सुधार सल्लाहकारका रूपमा काम गरी रहेकी छन् उनी भिक्टोरियाको यो कार्यक्रमको नेतृत्वमा मद्दत पुर्याइरहेकी छन् ।
फेयर फिल्ड क्षेत्रमा मानिसहरूको विभिन्न समूहहरूले न्यू साउथ वेल्स सरकालाई पत्र पठाउँदै उत् कार्यक्रम राज्यको दक्षिण पश्चिमी क्षेत्रमा लागु गर्न आग्रह गरेका छन् ।