आइसोलेसनमा नबसेको भन्दै सिड्नी क्वारेन्टिनका सेक्युरिटी गार्डलाई जरिवाना

एक होटेल सुरक्षा पालेले आफ्नो कोरोनाभाइरस परीक्षण पश्चात् सेल्फ आइसोलेसनमा बस्न नसकेको भन्दै सजाय स्वरूप जरिवाना गराइएको छ।

The Marriott Hotel in Sydney.

A second hotel quarantine guard has coronavirus and has been fined for not isolating after his test. (AAP) Source: AAP

सिड्नी हार्बर मारिअट होटेलमा सेक्युरिटी गार्डको काम गर्दै आइरहेका एक २२ वर्षीय पुरुषलाई सेल्फ आइसोलेसनमा बस्नुपर्ने बस्न दिइएको निर्देशनहरूको पालना दुई पटकसम्म नगरेको भन्दै न्यु साउथ वेल्स (एनएसडब्लु) प्रहरीले २,००० डलर जरिवाना गराएको हो।

क्यामप्सीमा बस्ने ती युवकले कोरोनाभाइरस परीक्षणको नतिजा आउनु अघि वेस्टफिल्ड बर्रवूड र सोही सबर्बमा रहेको सर्भिस न्यु साउथ वेल्सको भवन पुगेका थिए।

ती पाले गत बिहीबार कोरोना परीक्षणका लागि गएपछि त्यसको लगत्तै किनमेल गर्न बर्रवूड स्थित वेस्टफिल्ड पुगेको र भोलिपल्ट शुक्रवार सर्भिस न्यु साउथ वेल्सको भवन पुगेको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ।
आइतबार प्रहरीद्वारा जरिवानाको पुर्जी थमाइएको उनलाई हाल सरकारी क्वारेन्टिनमा निगरानीका लागि राखिएको न्यु साउथ वेल्सकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी च्यान्टले सोमबार सिड्नीमा आयोजित दैनिक पत्रकार सम्मेलनका क्रममा बताइन्।

यसका साथै च्यान्टले यी सुरक्षा गार्ड र अघिल्लो हप्ता सङ्क्रमण पुष्टि भएका एक अर्का पाले सङ्क्रमित हुनुमा केही सम्बन्ध रहेको वा नरहेको बारे हाल अनुसन्धान भइरहेको पनि बताइन्।

यी पछिल्ला गार्डले सिड्नीको शेराटन ग्रान्ड हाइड पार्कमा समेत काम गरेको बताइएको छ।

राज्य अधिकारीहरूका अनुसार उनी गएका स्थानहरूसम्म पुगेका मानिसहरूले कोभिड-१९ का लक्षणहरूका लागि निगरानी राख्न आग्रह गरेको छ।


सामुदायिक फैलावटका कारण चिन्ता
राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले हाल निकै कम मात्रामा रहेको सङ्क्रमण दरबाट आफू दङ्ग रहेता पनि पश्चिम तथा दक्षिण-पश्चिम सिड्नीमा सामुदायिक रूपमा रोग फैलिरहेको कारण न्यु साउथ वेल्सका अधिकारीहरू चिन्तित अवस्थामा नै रहेको बताएकी छिन्।

बेरिजिक्लियनका अनुसार ती क्षेत्रहरूमा कोभिड-१९ सङ्क्रमणका करिब १५ वटा जति घटनाहरू छन् जसको कुनै पनि क्ल्सटरसँग स्पष्ट सम्बन्ध देखिएको छैन।

"पछिल्ला छ वा सात हप्तामा एनएसडब्लुले हाम्रो सामर्थ्यले भ्याएसम्मको राम्रो नतिजा देखाएको छ, अवश्य पनि यो समुदायको ठुलो प्रयासका कारण सम्भव भएको हो," उनले भनिन्।

"यो हामीले निकै अफ्ठेरो हुने विश्लेषण गरेको समयावधिको सबैभन्दा पुछारको बेला हो, तर पनि खतरा अझै टरिसकेको छैन।"

सोमबार राज्यभर थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने हाल सात जनाको सघन उपचार भइरहेको र पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
efe5def4-4db4-4613-b0c8-bd4493824954
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी  उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

 नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 
88df8a89-2c04-41a7-baa8-58337fe4219c

Share
Published 24 August 2020 4:30pm
Source: AAP, SBS


Share this with family and friends