न्यु साउथ वेल्सका अस्पतालहरूमा हाल १,७३८ जना कोभिड-१९ सङ्क्रमित भर्ना भएका छन्।
बिहीबार यो सङ्ख्या १,६०९ थियो।
हाल सघन उपचार कक्षमा उपचार गराइरहेकाहरूको सङ्ख्या १३४ पुगेको छ।
यता भिक्टोरियाको स्थिति पनि उस्तै छ, अस्पताल भर्ना हुनेहरु दिनदिनै बढिरहेका छन्।
हाल राज्यका अस्पतालहरूमा ६४४ जनाको उपचार भइरहेको छ, बिहीबार यो सङ्ख्या ६३१ थियो।
सघन उपचार कक्षमा हाल १०६ जनाको उपचार भइरहेको छ।
राज्यहरूमा ओमिक्रनको संक्रमणदर उच्च छ।
न्यु साउथ वेल्समा ३८,६२५ जना सङ्क्रमित बनेका छन् भने ११ जनाको मृत्यु भएको छ।
बिहीबारको तुलनामा राज्यमा आज ३,६३१ सङ्क्रमित बढेका छन्।
भिक्टोरियामा २१,७२८ जनामा सङ्क्रमण पुष्टि हुँदा ६ जनाले ज्यान गुमाउन पुगेका छन्।
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन ।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि ।