कोभिड–१९ का कारण न्यु साउथ वेल्समा एकको मृत्यु, ७७ जनामा सङ्क्रमण पुष्टि

गएको २४ घण्टामा ७७ जना नया सङ्क्रमित थपिएको न्यु साउथ वेल्समा कोरोना संक्मणका कारण एक जनाको ज्यान गएको छ ।

Greater Sydney has entered its third week of lockdown as COVID-19 cases continue to rise.

Greater Sydney has entered its third week of lockdown as COVID-19 cases continue to rise. Source: AAP

आइतबार नयाँ थपिएका सङ्क्रमितका बारेमा जानकारी दिँदै राज्यकी प्रिमीयर ग्लेडीज बेरीजीक्लीयनले आगामी दिनहरुम अवस्था “झनै खराब” हुने चेतावनी दिएकी छन् ।

सिड्नीको दक्षिण पश्चिममा यस अघि पुष्टि भएका सङ्क्रमितको नजिकको सम्पर्कमा रहेकी ९० वर्ष उमेर समूहकी महिलाको लिभरपुल स्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

शुक्रवार उनको कोरोना रिपोट पोजेटिभ पाइएको थियो ।

प्रिमीयर ग्लेडीज बेरीजिक्लियनले मृत्यु भएकी महिला परिवारकै सदस्य बाट सङ्क्रमित बनेको जानकारी दिइन् ।
“दुखको कुरा,हामीले एक वृद्ध व्यक्तिको मृत्यु भएको देखेका छौ,म उनको परिवार र प्रियजनप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु ” प्रिमीयरले भनिन् ।

सोमबार नयाँ केशहरूको सङ्ख्या एक सय भन्दा बढी हुने अनुमान पनि उनले गरेकी छन् ।

“आगामी दिनमा केश लोड आज हामीले देखेको भन्दा निकै बढी हुनेछ” उनले भनिन् ।

अधिकास नयाँ फेला परेका केश दक्षिण पश्चिमी सिड्नीमा रहेको र त्यहाँ प्रहरीको उपस्थिति पछि आफ्नो आलोचना भएको पनि उनले बताएकी छन् ।

न्यु साउथ वेल्सकी स्वास्थ्य प्रमुख केरी च्यान्टले ७७ नयाँ केश मध्ये ५० जना पारिवारिक सदस्यबाट नै संक्मीत बनेको बताइन् ।

हाल ५२ जना कोरोना सङ्क्रमित अस्पतालमा रहेका र त्यस मध्ये १५ जना सघन उपचार कक्षमा रहेको र ५ जना भने भेन्टिलेटरमा रहेको बताईको छ ।

Share

Published

By SBS News
Source: SBS


Share this with family and friends