अस्ट्रेलियामा कोभिड–१९ उपचारका लागि कस्ता औषधि प्रयोगमा छन् त?

अस्ट्रेलियामा कोरोनाभाइरसका कारण गम्भीर बिरामी परेकाहरूको उपचारका लागि लागरिभियो (Lagevrio) र प्याक्सलोभिड(Paxlovid) जस्ता औषधिहरूको प्रयोग भइरहेको छ।

A supplied image of ICU Registered Nurse Shaunagh Whelan (left) caring for a COVID-19 positive patient in the ICU of St Vincents Hospital in Sydney, Tuesday, July 13, 2021. (AAP Image/Supplied by Kate Geraghty/SMH/St Vincents Hospital) NO ARCHIVING, EDITO

Private Health Insurance premiums are set to raise this year. Source: AAP Image/Supplied by Kate Geraghty/SMH/St Vincents Hospital

कोरोनाभाइरसबाट बिरामी परेकाहरूलाई एन्टी एन्फेल्मेटरी, एन्टीभाइरल र एन्टीबडी जस्ता उपचार विधि अन्तर्गतका विभिन्न औषधिहरूको प्रयोग हुँदै आएका छन्।

यी उपचार विधि र औषधिहरूका आ–आफ्नै गुण छन्, एन्टी एन्फेल्मेटरी औषधिहरूले भाइरसलाई रोक्न शरीरको प्रतिरक्षा प्रणालीले देखाउने अत्यधिक प्रतिक्रियालाई कम गर्दछ भने एन्टीभाइरल औषधिहरूले चाहिँ शरीर भित्र भाइरसलाई पुन: उत्पादन हुनबाट रोक्दछ।

यसै गरी एन्डीबडीले भने भाइरसले शरीरका कोषहरूमा पुर्‍याउन सक्ने क्षतिलाई कम गर्न मद्धत गर्दछ।
Paxlovid Pfizer oral antiviral anticovid in tablets.
Paxlovid Pfizer oral antiviral anticovid in tablets. Source: AAP
अस्ट्रेलियामा कोभिड–१९ उपचारका लागि के कस्ता औषधिहरू उपलब्ध छन् त?

अस्ट्रेलियाको औषधि नियामक संस्था ले (टिजिए) उपलब्ध औषधिहरूको सुरक्षा र उपयोगिताका बारेमा अध्ययन गरे पश्चात् मात्र प्रयोगका लागि अनुमति प्रदान गर्दछ।

टिजिएले मोल्नुपिराभिर (लागरिभियो), निर्माट्रेलभिर र रिटोनाभिरको संयुक्त रूप प्याक्सलोभिड र रेम्सेभिर (भेकलुरी) लाई एन्टीभाइरल उपचारका लागि अनुमति दिएको छ।

यो उपचार विधिले कोभिड–१९ भाइरसलाई पुन: उत्पादन गर्न रोक्ने र गम्भीर रोग निम्त्याउन नदिने विश्वास गरिएको छ।

अस्ट्रेलियाका सहायक मुख्य स्वास्थ्य अधिकारी माइकल किड यी औषधिहरू फार्मास्युटिक बेनीफिट स्किम (पिबिएस) भनिने सहुलियत दरमा औषधि दिइने सरकारी योजना अन्तर्गत प्राप्त हुने बताउँछन्।
Paxlovid, a Pfizer's coronavirus disease (COVID-19) pill.
Paxlovid, a Pfizer's coronavirus disease (COVID-19) pill. EPA/PFIZER INC. Source: PFIZER INC.
कोरोनाभाइरसको सङ्क्रमण भएका ७० वर्ष माथिका मानिसका लागि यी औषधिहरू उपलब्ध हुने उनको भनाई छ।

यसबाहेक गम्भीर रोगको जोखिममा रहेका ५० वर्ष माथिका अस्ट्रेलियाली र आदिवासी समुदायका ३० वर्ष माथिका मानिसका लागि पनि औषधि उपलब्ध हुने बताइएको छ।

१८ वर्ष माथिका रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरूले पनि औषधिमा पहुँच राख्न सक्ने बताइन्छ।

“पिसिआर वा ऱ्याट टेस्ट पोजेटिभ आएका मानिसहरूका लागि जिपिले लागरिभियो वा प्याक्सलोभिड सिफारिस गर्न सक्छन्,” किडले भने।

किडका अनुसार लक्षण देखिएको पाँच दिन भित्रै यसको उपचार सुरु गरिसक्नुपर्दछ।


सम्भावित जोखिम भन्नाले

  1. खोप नलगाएका वा खोपको एक मात्रा मात्र लगाएका मानिस।
  2. वृद्ध स्याहार केन्द्रमा बसोबास गर्ने मानिस वा आशक्तता भएका मानिस।
  3. ७५ वर्ष माथिका मानिस।
  4. दम वा श्वासप्रश्वास सम्बन्धी अन्य रोग भएर औषधिको सेवन गर्ने वा स्ट्रोक र डिमेन्सिया जस्ता मस्तिष्क वा नशा सम्बन्धी समस्या भएका।
  5. डाइबेटिजको टाइप १ वा टाइप २ भएर औषधि सेवन गरिरहेका।
  6. मुटु सम्बन्धी समस्या भएका।
  7. अत्यधिक मोटोपन भएका (बढी मास ३० भन्दा बढी)।
  8. कलेजो वा किड्नी सम्बन्धी रोग भएका।
रोग प्रतिरोधात्मक क्षमता कम भएका भन्नाले

  1. क्यान्सर रोगसँग लडिरहेकाहरू।
  2. अङ्गदान लिएका वा हालसालै बोन म्यारो ट्रान्सप्लान्ट गरेका।
  3. एचआइभी एड्स सङ्क्रमित।
  4. क्यान्सरका लागि केमोथेरापि वा रेडियो थेरापी गर्दै गरेका।
  5. रोगसँगको प्रतिरोध क्षमतालाई कम गर्ने औषधि सेवन गरेका मानिस।
  6. डाउन सिनड्रोम अर्थात् शारीरिक र मानसिक रूपमा विकासमा अवरोध भएका मानिस।
  7. गम्भीर रूपमा बौद्धिक एवम् शारीरिक अशक्तता भएका र आवासीय हेरचाहमा बस्नु पर्ने मानिस।
  8. मस्तिष्क घात भएका मानिस, जन्मजात रगत सम्बन्धी समस्या भएकाहरू, रगतमा हेमोग्लाबिनको असाधारण उत्पादन वा संरचना भएका मानिस र रत्तअल्पता वा जन्मजात मुटुमा समस्या भएका मानिस।
प्राध्यापक माइकल किडले चिकित्कसहरुले एन्टिभाइरल औषधिहरू सिफारिस गर्दा बिरामीले लिई रहेका औषधिहरूको समीक्षा गर्नु पनि जरुरी रहेको बताउँछन्।

“व्यक्तिले एकभन्दा बढी औषधि लिई रहेको अवस्थामा, मिर्गौला वा कलेजोमा गम्भीर रोग भएका अवस्थामा, गर्भवती भएको अवस्था वा स्तनपान गराई रहेका बेला वा यौन जीवनमा सक्रिय रहेका बेला पनि प्याक्सलोभिड लिनु हुँदैन,” प्राध्यापक किडले भने।

यो औषधि प्रयोग गर्दा गर्भ निरोधक सामाग्रीको प्रयोग गर्न पनि उनले सुझाव दिए।

रेम्सेभिर (Remdesivir) भने श्वास प्रश्वासमा समस्या भएका वा अक्सिजनको साहायता बसेकाहरूका लागि मात्र उपलब्ध रहेको उनले बताए।

यद्यपि मा भएको पछिल्लो एक अध्ययनले भने भेन्टिलेटरमा गइसकेका बिरामीहरूका हकमा भने रेम्सेभिरको प्रयोगले निकै कम मात्र सहयोग पुग्ने देखिएको छ।

मोनोक्लोनल एन्टिबडी उपचार विधिमा भने प्रयोगशालामा निर्मित प्रोटिनहरूले शरीरको प्रतिरक्षा प्रणालीको नक्कल गरी हानिकारक भाइरसहरुसँग लड्नका लागि मद्दत गर्दछ।

यसै गरी टीजीएले ५०० ग्रामको जेभुडीलाई   (Xevudy भने कम्तीमा ४० किलो वजन भएका १२ वर्ष माथिका मृत्यु वा अस्पतालमा भर्ना हुने जोखिम रहेका मानिसहरूलाई प्रयोगका लागि अनुमति दिएको छ।

यसै गरी संस्थाले ओमिक्रनको बिए.२ को भेरीएन्टबाट सङ्क्रमित भएकाहरूलाई सोट्रोभिमाब  () दिनका लागि ग्यालेक्सोस्मिथक्लाईन नामक संस्थाको आवेदन माथि पनि समीक्षा गरिरहेको छ।

यद्यपि अमेरिकाको फुड एन्ड ड्रग एडमिनीस्ट्रेशनले भने सोट्रोभिमाबलाई दिइएको अनुमतिलाई खारेज गरिदिएको छ।

ओमीक्रनको नयाँ भेरीएन्ट अहिले अस्ट्रेलिया लगायत अन्य मुलुकमा सङ्क्रमणको मुख्य जड बनिरहेका बेला टीजीएले अन्य केही औषधिहरूलाई पनि अनुमति दिएको छ।

प्रारम्भिक अस्थायी अनुमति पाएका अन्य औषधिहरूमा क्यासीरिभीम्याब र इम्डेभिमाबको सम्मिश्रण रोनाप्रेभ (Ronapreve), एक्टीमरा (Actemra), रेजकिरोना (Regikirona) र इभुसेल्ड (Evusheld) पनि रहेका छन्।

यसै गरी इभरमेक्टीन र हाइड्रोक्सक्लोर्की जस्ता एन्टीबायोटिक र औषधिहरू कोभिड–१९ उपचार विधिमा प्रभावहीन भएको भन्दै अनुमति नदिइएको बताइएको छ।

कोरोनाभाइरस सम्बन्धी सरकारी जानकारी


स्वास्थ्य विभाग- कोरोनाभाइरस जानकारी नेपाली 
गृह मामला विभाग -कोरोनाभाइरस जानकारी नेपाली  
 
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले घरमा नै बसेर परिक्षणका लागि पहल गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्। तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरिटरी, एसीटी, टास्मेनिया।

Share
Published 12 July 2022 1:56pm
Updated 12 July 2022 2:01pm


Share this with family and friends