केहि सत्तारुढ दलका सांसदहरुले कोरोनाभाईरसलाई लिएर गलत र भ्रामक सूचना प्रसारण गरेको र यसले जनस्वस्थ्यलाई नकारात्मक प्रभाव पर्ने सक्ने विज्ञहरुले बताएका छन्।
अस्ट्रेलियाको सत्तारुढ् दल लिबरल पार्टिका सांसद, क्रेग केलीले आफ्नो फेसबुक मार्फत केटाकेटिहरुलाई मास्क लगाउने निर्देशन दिनु भनेको श्रम शोषण जस्तै हो भन्ने आशयको एक समाचार प्रेषित गरेका थिए।
यस कुरालाई लिएर, कार्यवाहक प्रधानमंत्री माईकल मक्रम्याक र स्वस्थ्य मंत्री ग्रेग हन्टले सांसद केलीको आलोचना गर्न अस्वीकार गरे।
तर स्वस्थ्य विज्ञहरुले भने, यदि समयमै गलत सूचना र भ्रमलाई नकारिएन भने यसले जनस्वस्थ्यमा पछि समस्या ल्याउन सक्छ भनि बताउछन्।
विशेषगरी, अस्ट्रेलियाले कोरोनाभाइरसको नियन्त्रणमा अहिलेसम्म पाईरहेको सफलतालाई, यस्तो व्यवहारले असर पनि गर्न सक्ने उनीहरुले चेतावनी दिएका छन्।
केहि समय अघि मात्र सांसद केली र अर्का सांसद जोर्ज क्रिस्चेनसेनले संयुक्त रुपमा मलेरिया विरुध्दको खोप- हाईड्रोएक्सोक्लोरिनमाथि लगाईएको प्रतिबन्ध फुकुवा गर्नु पर्ने माग गरेका थिए।
यस औषधि कोरोनाभाईरसबिरुध्द प्रभावकारि हुने उनीहरुको दावी रहेको थियो।
वैज्ञानिकहरुले अहिलेसम्म यस औषधिको प्रभाव कोरोनाभाईरसमा नरहेको बताउदै आएका छन्।
सांसदद्वय केली र क्रिस्चेनसेनले गत अक्टोबर महिनामा क्विन्सल्याण्ड राज्य सरकारले हाईड्रोएक्सोक्लोरिनमाथिको प्रतिबन्ध नफुकाएर मानव अधिकारको हनन गरेको आरोप लगाएका थिए।
अस्ट्रेलियाका प्रमुख स्वस्थ्य अधिकारी पल केलीले सांसद केलीको विचारसँग आफु सहमत नभएको बताएका छन्।

There has been claim that fake coronavirus news is spreading on social media. Source: Getty
“सासदको हैसियरले आफूले गर्ने उपयुक्त कुराहरुको निर्णय उनी आफैले गर्नु पर्छ,” केलीले भने।
सिड्नी विश्वविधालयकी जनस्वस्थ्य सम्बन्धिकी विज्ञ डा क्लेर हुकरले सांसद जस्तो गरिमामय पदमा बसेकोले भ्रामक सूचना फैलाएमा त्यस्तो व्यवहारलाई बचाव गर्न नसकिने बताउछिन्।
“प्रधानमंत्री र दलका अन्य उच्च नेताहरुले यस किसिमको व्यवहारको तुरुन्त आलोचना गर्नु पर्छ र गलत सूचनाको प्रवाह रोक्नु पर्छ,” उनी बताउछिन्।
उनको भनाईमा अस्ट्रेलियाले अहिलेसम्म कोरोनाभाइरसको नियन्त्रणमा पाएको सफलताको एक कारण यहाँको जनसमुदायले स्वस्थ्य निर्देशनहरुलाई विश्वासका साथ पालनमा गर्ने पनि हो।
यो पनि पढ्नुहोस्

कोभिड-१९ संक्रमितको संख्या ९ करोड नाघ्यो
“तर यसरी गलत सूचना फैलाईएमा स्वस्थ्य निर्देशनहरुमा जनविश्वास घट्ने छ र यसले झनै ठूलो समस्या ल्याउन सक्छ,” डा. हुकरले बताईन्।
यसैबिच, अस्ट्रेलियान मेडिकल एसोसियसनका अध्यक्ष ओमार खुर्शीदले- कोरोनाभाइरस लगायतका कुराहरुमा अहिले फैलिरहेको भ्रम र गलत सूचनालाई काट्न सरकारले अनलाईन प्रचार लगायतको माध्यम लिएर जनसमक्ष सहि सूचना प्रवाह गर्नु पर्छ भनि बताउछन्।
साथै उनले अस्ट्रेलियनहरुले अनलाईनमा प्रकाशित भएका कुराहरुलाई सहर्ष स्वीकार गर्न नहुने पनि बताए।
उता मेलबर्न विश्बविधालयका मनोविज्ञानसम्बन्धिका विज्ञ रन बोरल्याण्डले सांसदले नै गलत सूचना फैलाउने कुरानै निकै त्राशपूर्ण रहेको बताउछन्।
यसैबिच, पूर्व प्रधानमंत्री मालकम टर्नबुलले लिबरल पार्टिका वरिष्ठ नेताहरुले सांसद केली गलत छन् भनि अगाडि आउन जरुरी रहेको बताए।
खासगरी, जनस्वस्थ्यको विषय भएकाले यो बिषय झनै महत्वपूरण हुन जान्छ भन्ने उनको विचार छ।
उता सांसद केलीले भने आफूले कुनै गलत सूचना नफैलाएको दावी गर्छन्।
आफूले एक अध्ययनको नतिजालाई सबैको सामु प्रेषित गरेको भन्दै, समयले उक्त नतिजा सहि र गलत भनि छुट्टयाउने उनले बताए।