राज्यकी प्रिमीयर ग्लेडीज बेरीजीक्लीयनले सिड्नी बासिलाई परिवार एवम् आफन्तजन सँगको भेटघाटलाई बन्द गर्न आग्रह गरेकी छन् ।
फेला परेका ३८ मध्ये १८ जना भने सङ्क्रमण अवधिभर आइसोलेसनमा रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
बिहीबार कोरोना ब्रिफिङका क्रममा राज्यकी प्रिमीयर ग्लेडीज बेरीजीक्लीयनले सङ्क्रमित सङ्ख्या धेरै भएको भन्दै सिड्नी बासिलाई आफ्ना परिवार एवम् आफन्तजन सँगको भेटघाटलाई बन्द गर्नु पर्ने बताएकी छन् ।
“सबैभन्दा दुखद सन्देश यो हो कि मानिसहरूले आफ्ना सबैभन्दा प्रिय मानिसहरूलाई भाइरस सारी रहेका छन्, पछिल्ला केही दिनमा घरेलु सम्पर्कमा रहेमा मानिसहरू कोरोना सङ्क्रमण पाइएको छ, ” उनले भनिन् ।
गएको २४ घण्टामा राज्यमा कुल ४० हजार मानिसले कोरोना परीक्षण गरेको बताइएको छ ।
बुधवार स्वास्थ्य अधिकारीहरू सँगको छलफल पछि अर्को एक हप्ता लकडाउनलाई लम्ब्याउने निर्णय भएको प्रिमीयर बेरीजीक्लीयनले घोषणा गरेकी थिइन् ।
लकडाउनलाई लम्ब्याउनु आफ्ना चाहना नभएको भएता पनि नियमलाई सम्मान गरेर आफ्नो घुमफिरलाई कम गर्नु नागरिकको दायित्व भएको उनले बताइन् ।
“दुई ठुला क्षेत्रहरू जहाँ भाइरसको फैलावट तीव्र गतिमा बढिरहेको छ, त्यहाँ घरेलु सम्पर्कबाट र लक्षण सहित मानिसहरू क्रियाकलाप गरी रहेका छन्।”
“यी दुई ठुला कारणबाट सामुदायिक प्रसारणको दर बढिरहेको छ,” उनले भनिन् ।

Source: SBS Nepali