कोभिड-१९ अपडेट: विश्व स्वास्थ्य सङ्गठनका अनुसार महामारीबाट डेढ करोड अतिरिक्त मृत्यु

यो सन् २०२२ मे ६ तारिखको अस्ट्रेलियाली कोभिड-१९ अपडेट हो।

NSW Ambulances park in the receiving bay for the Emergency Department at the Liverpool Hospital in Sydney.

NSW Ambulances park in the receiving bay for the Emergency Department at the Liverpool Hospital in Sydney. (file) Source: AAP Image/Bianca De Marchi

आज शुक्रवार, अस्ट्रेलियाका प्रमुख तीन राज्यहरू न्यु साउथ वेल्स, भिक्टोरिया र क्वीन्सल्यान्डमा क्रमशः सात, नौ र ११ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको रिपोर्ट गरेका छन्।

अस्ट्रेलियाभरको कोभिड-१९ सम्बन्धी पछिल्लो वस्तुस्थितिबारे थाहा पाउन,

न्यु साउथ वेल्सले आफ्ना ११,३०९ बासिन्दाहरू पुनः सङ्क्रमित भएको जनाएको छ। पहिलो पटक कोभिड-१९ सङ्क्रमित भएको ९१ दिनभित्र उनीहरूमा फेरी सङ्क्रमण पुष्टि भएको हो।

उता, वेस्टर्न अस्ट्रेलियाका १६ वर्ष माथिका ८० प्रतिशत जनसङ्ख्याले खोपको तीन मात्रा पुरा गरिसकेको छ। सो राज्यले शुक्रवार जारी गरेको सूचना अनुसार पछिल्लो गणना अवधिमा ९,३२८ जनामा सङ्क्रमण पुष्टि भएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार सन् २०२० को ज्यानुअरी १ तारिखदेखि सन् २०२१ को डिसेम्बर मसान्तसम्मको अवधिमा विश्वभर १ करोड ४९ लाख अतिरिक्त मृत्युका घटनाहरू दर्ता गरिएका थिए। झन्डै डेढ करोडको हाराहारीमा रहेका यी मृत्युहरूको कारण प्रत्यक्ष वा परोक्ष रूपमा कोरोनाभाइरससँग सम्बन्धित रहेको पनि उक्त सङ्गठनको भनाई रहेको छ।

संयुक्त राज्य अमेरिकाले जन्सन एन्ड जन्सन्सको कोभिड-१९ सम्बन्धी खोपको प्रयोगलाई सीमित गरेको छ। रगत जम्ने एक दुर्लभ रोगको लक्षणका कारण उक्त औषधि निर्माताद्वारा उत्पादित कोरोनाभाइरस विरुद्धको खोपको प्रयोगलाई सीमित गरिएको हो।

अस्ट्रेलियाले सो खोपको प्रयोगलाई अस्थायी स्वीकृति गत सालको जुन महिनामा प्रदान गरेता पनि त्यसलाई आफ्नो खोप कार्यक्रमको भाग बनाएको छैन।

हाल अस्ट्रेलियामा एस्ट्राजेनेका,फाइजर, मोडर्ना र नोभाभ्याक्सद्वारा निर्मित खोपहरूलाई मात्र अनुमति दिइएको छ।
कोभिड–१९ सम्बन्धी जानकारी केन्द्रहरू निम्न स्थानमा ८ मेसम्मका लागि राखिएका छन्:

  • न्यु साउथ वेल्स: लिभरपुल, वेस्टफिल्ड लिभरपुल
  • न्यु साउथ वेल्स: ब्ल्याकटाउन, वेस्ट पोईन्ट एससि
  • क्वीन्सल्याण्ड: साउथपोर्ट, अस्ट्रेलिया फेयर
  • क्वीन्सल्याण्ड: बेनलि,बेनलि मार्केट
  • भिक्टोरिया: मेल्टन वेस्ट, उडग्रोभ एससि
  • भिक्टोरिया: विरबी, प्साीफिक विरबी
  • नर्दर्न टेरिटरी: पाल्मेर्सटन, गेट वे एससि
  • साउथ अस्ट्रेलिया: सालिसब्युरी, हलिउड प्लाजा
  • साउथ अस्ट्रेलिया: स्मीथफिल्ड, मुन्नो पारा एससि

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन 

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि 

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन 



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


 
 
 

Share
Published 6 May 2022 2:29pm
Updated 6 May 2022 2:33pm


Share this with family and friends