मङ्गलबार सम्मको २४ घण्टे गणना अवधिमा अस्ट्रेलियामा कोभिड-१९ का कारण ४३ जनाको ज्यान गएको छ। ती मध्य भिक्टोरियाबाट १८ जना र न्यु साउथ वेल्सबाट १७ जना सङ्क्रमित थिए।
वेस्टर्न अस्ट्रेलियामा १२,३९० नयाँ सङ्क्रमित पुष्टि भएका छन्। महामारी सुरु भएदेखि राज्यमा यो अहिलेसम्मकै सबैभन्दा उच्च दैनिक सङ्क्रमण हो। त्यस्तै, पहिलो पटक २४ घण्टे अवधिमा ६ जनाको ज्यान गएको छ।
उता भिक्टोरियामा गत अप्रिल ४ तारिख पछिको अधिकतम दैनिक सङ्क्रमण - १२,७२२ केसहरू पुष्टि भएका छन्, र अस्पताल भर्ना हुनेको सङ्ख्या ५१९ पुगेको छ।
थेराप्यूटिक गुड्स एड्मिनिस्ट्रेसनले फाइजर र मोडर्ना खोपका कारण बालबालिकामा देखा परेको मायोकारडाइटिस (myocarditis मुटु सुन्निने) र पेरिकारडाइटिस (pericarditis मुटु वरिपरिको भाग सुन्निने) समस्याहरूको बारेमा निगरानी र समीक्षा गरिरहेको छ।
मायोकारडाइटिस एक ज्ञात तर "निकै दुर्लभ" असर रहेको बताइएको छ। यो सामान्यतया अस्थायी हुन्छ, र धेरैजसो मानिसहरू केही दिनमा निको हुन्छन्। खोपको दोस्रो खुराक पछि १२-१७ वर्षका केटा बालबालिकाहरूमा यो देखिने गरेको छ।
खोप सम्बन्धी अस्ट्रेलियाली प्राविधिक सल्लाहकार समूह अटागीले केही समूहहरूका लागि कोभिड-१९ विरुद्धको चौथो खुराक (जाडोको लागि) लगाउन विचार गरिरहेको छ।
हालको लागि, यो चौथो खोप - ६५ वर्ष या त्यसभन्दा माथिका उमेर समूह, वृद्ध तथा अपाङ्गता हेरचाह केन्द्रका निवासी, १६ वर्ष माथिका कमजोर प्रतिरक्षा शक्ति (immunocompromise) भएका मानिसहरू र ५० वर्ष र त्यसभन्दा माथिका आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर व्यक्तिहरूले लगाउन पर्ने बताइएको छ।
ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन ।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि ।
- ६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ
- तपाईँको राज्य या टेरिटरीका सम्बन्धित निर्देशनहरू: , , , , , , , ।
- कोभिड-१९ खोपको बारेमा तपाईँको भाषामा जानकारी उपलब्ध छ।