मुख्य बुँदाहरू:
- भिक्टोरियालीहरू आज साँझदेखि खुकुलो हुने प्रतिबन्धहरूको प्रतीक्षामा
- न्यु साउथ वेल्स अधिकारीहरूद्वारा ह्यालोविन कोभिडसेफ रूपमा मनाउन राज्यवासीहरूलाई आग्रह र
- भिक्टोरियामा कोभिड-१९ खोप लगाउनबाट छुट पाउने नियमहरू कडा बनाइने।
भिक्टोरिया
मध्यरातसम्मको २४ घण्टामा भिक्टोरियाले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका १,६५६ नयाँ मामिलाहरू दर्ता गरेको छ भने सोही अवधिमा १० राज्यवासीको कोभिड-१९ सङ्क्रमणका कारण मृत्यु भएको छ।
आज साँझ ६ बजेदेखि राज्यमा हाल जारी प्रतिबन्धहरू खुकुलो हुँदै गर्दा स्थानीय अधिकारीहरूले ती आँकडा सार्वजनिक गरेका हुन्।
प्रतिबन्धहरू खुकुलो भएपछि हप्तौँदेखि बन्द रहेका गैर-अत्यावश्यक खुद्रा व्यवसायहरू खुल्न पाउने भएका छन् भने क्याफे, पब, रेस्टुरेन्टहरूको ग्राहक भित्राउन सक्ने क्षमता बढ्ने छ।
यसै गरी मेलबर्न र रिजनल भिक्टोरिया बिचको यात्रामा लागू प्रतिबन्ध पनि आजै साँझदेखि हट्नेछ।
मास्कको प्रयोग पनि भवन बाहिर अनिवार्य हुने छैन।
खोप नलगाउन सहज रूपमा छुट सम्बन्धी पत्र लेखिदिने डाक्टरहरू कहाँ मानिसहरू खोजी-खोजी जान थालेपछि, राज्य सरकारले यसबारे कडा नियम लागू गर्ने तयारी भइरहेको बताएको छ।

Source: SBS Nepali
न्यु साउथ वेल्स
बिहीवार राती आठ बजेसम्मको २४ घण्टामा न्यु साउथ वेल्सले कोभिड-१९ स्थानीय सङ्क्रमणका थप २६८ नयाँ मामिलाहरू दर्ता गरेको छ।
राज्यको स्वास्थ्य विभागका अनुसार सोही अवधिमा थप दुई जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ।
सप्ताहान्तमा पर्ने ह्यालोविन उत्सव, कोभिडसेफ वा कोरोनाभाइरस सम्बन्धी स्वास्थ्य नियमहरूको पालना गर्दै, सुरक्षित तवरले मनाउन अधिकारीहरूले राज्यवासीलाई आग्रह गरेका छन्।
उत्सव सकेसम्म घर बाहिर नै मनाउन र एउटै भाँडोबाट चकलेट तथा मिठाईहरू बाँड्नुभन्दा अलगै प्याकेटहरू बनाएर वितरण गर्न स्वास्थ्य अधिकारीहरूले सल्लाह दिएका हुन्।
- ।
अस्ट्रेलियन क्यापिटल टरिटरी (एसीटी)
एसीटीमा बितेका २४ घण्टामा कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप १० मामिला दर्ता भएको छन्।
योसँगै प्रदेशमा सक्रिय मामिलाहरूको सङ्ख्या २३४ पुगेको छ।
कोभिड-१९ सम्बन्धी अन्य अपडेट
अस्ट्रेलियाली तथ्याङ्क विभागद्वारा जारी एक पछिल्लो आँकडा अनुसार अस्ट्रेलिया बाहिर जन्मेका मानिसहरूको कोभिड-१९ मृत्युदर यहीँ जन्मेकाहरूभन्दा बढी रहेको देखाएको छ।
अस्ट्रेलिया बाहिर जन्मेका मानिसहरूले प्रति एक लाखमा सरदर ४.२ जना कोभिड-१९ आफ्नो ज्यान गुमाएका छन् भने यहीँ जन्मेका मानिसहरूको कोभिड-१९ मृत्यु दर प्रति एक लाख २ रहेको विभागले जानकारी दिएको हो।
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: , र
- भिक्टोरिया: , र
- एसीटी: र
- नर्दर्न टेरिटरी: र
- क्वीन्सल्यान्ड: र
- साउथ अस्ट्रेलिया: र
- टास्मेनिया: र
- वेस्टर्न अस्ट्रेलिया: र
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे ।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: , , , , , , , ।
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।