- न्यु साउथ वेल्समा हाल सम्मकै उच्च सङ्ख्यामा सङ्क्रमितहरू अस्पताल भर्ना भएका छन्। हाल राज्यको अस्पतालमा १३,४४ जना कोभिड-१९ बिरामीले उपचार गराइरहेका छन्।
- कोभिड-१९ केसमा वृद्धि भइरहँदा न्यु साउथ वेल्सको शिक्षक सङ्गठनले स्वास्थ्य एवम् शिक्षा अधिकारीहरू सँग आकस्मिक बैठकको माग गरेको छ।
- आज देखि कोरोनाभाइरस विरुद्धको खोपको दोस्रो र तेस्रो डोजका बिचको समयावधिलाई घटाई चार महिना पुर्याइएको छ, यसको अर्थ ७५ लाख अस्ट्रेलियाली अब बुस्टर डोजका लागि योग्य बनेका छन्।
- कोभिड-१९ को ऱ्यापिड एन्टीजेन परीक्षण शुल्क कसले बेहोर्ने भन्ने विवादका बिच केमीस्ट वेरहाउसका निर्देशक मारियो टास्कानोले यसमा लाग्ने कर छुट दिएर मूल्य कम गराउन माग गरेका छन्।
- क्वीन्सल्याण्डका मुख्य स्वास्थ्य अधिकारी डाक्टर जोन गेराल्डले प्याथलोजिमा परीक्षण गरिएका २३ प्रतिशत कोभिड-१९ नमुना पोजेटिभ आएको बताएका छन्।
- अमेरिकी स्वास्थ्य विभाग हेल्थ एन्ड हुमन सर्भिसेजका अनुसार १ लाख भन्दा बढी मानिस कोभिड-१९ का कारण अमेरिकाका विभिन्न अस्पतालमा भर्ना भएका छन्।
कोभिड-१९ सङ्क्रमणका पछिल्ला तथ्याङ्कहरू:
न्यु साउथ वेल्समा आज २३,१३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ।
भिक्टोरियामा १४,०२० जनामा कोरोना सङ्क्रमण पुष्टि र दुई जनाको मृत्यु।
एसीटीमा ९२६ सङ्क्रमण, टास्मेनीयामा ७०२ जनामा कोरोनाभाइरस पुष्टि।
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन ।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि ।