- पहीलोपटक न्यु साउथ वेल्समा दैनिक सङ्क्रमणदर ५,००० नाघेको छ।
- न्यु साउथ वेल्समा आज राति देखि लागु हुने गरि भवनभित्रका स्थानमा मास्क अनिवार्य हुने प्रिमीयर डोमेनिक पेरोटेद्धारा घोषणा।
- न्यु साउथ वेल्स सरकारले चिठी मार्फत घर घरमा द्रुत रूपमा कोभिड-१९ जाँच गर्न एन्टीजेन परीक्षण किट पठाउने विचार गरिरहेको छ भने खुद्रा एवम् आतिथ्य क्षेत्रमा क्यु आर चेक इन अनिवार्य गरिन सक्ने सम्भावना छ।
- क्वीन्सल्याण्डमा बिहीबार अहिले सम्मकै धेरै ३६९ कोभिड–१९ का केस दर्ता भएका छन्।
- बेलायतमा दैनिक १,००००० भन्दा बढी सङ्क्रमणका बाबजुद प्रधानमन्त्रीले क्रिसमसको समयमा कढा प्रतिबन्धहरू ल्याउनु पर्ने मागलाई बेवास्ता गरेका छन्।
कोभिड-१९ सङ्क्रमणका पछिल्ला तथ्याङ्कहरू:
न्यु साउथ वेल्समा कोभिड-१९ का ५,७१५ केस दर्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ।
भिक्टोरियामा २,००५ जनामा सङ्क्रमण पुष्टि।
क्वीन्सल्याण्डमा ३६९, एसीटीमा ८५ र टास्मेनियामा २६ केस दर्ता।
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन ।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि ।