- सङ्घीय सरकारले कोभिड-१९ पुष्टि भए पछी छैटौँ दिनमा गरिने र्यापिड एन्टीजेन परीक्षणको आवश्यकतालाई हटाएको छ।
- न्यु साउथ वेल्स, भिक्टोरिया, एसीटी र क्वीन्सल्याण्डद्धारा ''को नयाँ व्याख्यालाई स्वीकार गदै आज देखि लागु गरेका छन्।
- टास्मेनियामा नयाँ व्याख्या १ जनवरी देखि लागु हुनेछ भने वेस्र्टन अस्ट्रेलिया र नदर्न टेरीटरीले आउँदा दिनमा यसका बारेमा जानकारी गराउनेछन, साउथ अस्ट्रेलियाले भने नयाँ परिभाषालाई अस्वीकृत गरिदिएको छ।
- 'क्लोज कनट्याक्ट'अर्थात् सङ्क्रमित निकटको सम्पर्क भनेको घरेलु वातावरण वा चार घण्टा भन्दा बढी समय सङ्क्रमित सँग बिताउने मानिसलाई मानिने भनेर नयाँ परिभाषा दिइएको छ।
- साउथ अस्ट्रेलियाले हिजोको घोषणालाई विरोध गदै राज्यका प्रमुख स्वास्थ्य अधिकारीले सङ्क्रमित सँग १५ मिनेट भन्दा बढी समय बिताउने मानिस 'क्लोज कनट्याक्ट' भित्र पर्ने बताएका छन्।
- अधिकांश राज्यमा 'क्लोज कनट्याक्ट'ले सात दिन अनिवार्य क्वारेनटिन बस्नु पर्ने र छैठौ दिनमा एन्टीजेन जाँच गर्नु पर्ने भए पनि साउथ अस्ट्रेलियामा आईशोलेसनको समय १० दिन रहने।
- न्यु साउथ वेल्समा 'क्लोज कनट्याक्ट'ले सङ्क्रमित निकट रहे पश्चात जति सक्दो चाडो पिसिआर जाँच गर्नु पर्दछ।
- टास्मेनियामा जनवरी १ देखि अन्तर राज्य भ्रमण गर्नेले पिसिआर परीक्षण गर्नु नपर्ने।
- साउथ अस्ट्रेलियामा दुई बर्सिया कोभिड-१९ सङ्क्रमितको मृत्यु, मृत्युको कारण अझै पत्ता लागेन।
- अस्ट्रेलियामा १६ वर्ष माथिका ९० प्रतिशत मानिसले खोपको दुवै डोज लगाए।
- ऱ्यापिड एन्टीजेन परीक्षण किटको अभाव हुँदा मूल्य बढ्यो, सिड्नीको एक औषधि पसलले २५ डलर लिएर जाँच गरेको रिपोट सार्वजनिक।
कोभिड-१९ सङ्क्रमणका पछिल्ला तथ्याङ्कहरू:
न्यु साउथ वेल्समा २१,१५१ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ६ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन्।
भिक्टोरियामा ५ ,९१९ जनामा सङ्क्रमण पुष्टि र ७ जनाको मृत्यु।
क्वीन्सल्याण्डमा ३,११८ जनामा सङ्क्रमण पुष्टि।
टास्मेनियामा १३७ जना सङ्क्रमित थपिए।
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन ।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि ।