शुक्रवारका दिन अस्ट्रेलियामा कम्तीमा पनि ३५ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन्।
मृत्यु हुने मध्ये १३ जना क्वीन्सल्याण्डबाट, नौ जना भिक्टोरियावासी र न्यु साउथ वेल्सका सात जना रहेका छन्।
न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड, भिक्टोरिया, टास्मेनिया र अस्ट्रेलियन क्यापिटल टेरीटरीमा कोरोनाभाइरस सङ्क्रमित भएर अस्पताल भर्ना हुनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।
अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्कका लागि हेर्नुहोस्।
स्वास्थ्य मन्त्री मार्क बटलरले एबिसिसँगको कुराकानीमा सङ्क्रमण सङ्ख्या बढे तापनि अस्ट्रेलियामा मास्कको अनिवार्यता, लकडाउन र प्रतिबन्ध जस्ता कुराहरू लागु गर्ने सम्भावना नरहेको बताएका छन्।
बटलरले 'अस्ट्रेलिया मास्क जनादेश, लकडाउन लगायतका चीजबाट पर गइसकेको' बताएका छन्। यद्यपि उनले मास्क लगाउने र समाजीक दुरी अपनाउने कुरामा स्वयं जिम्मेवार हुनु पर्ने बताए।
नयाँ र गम्भीर प्रकारका कोभिड–१९ का भेरीएन्टहरु पत्ता लगाउन राष्ट्रिय विज्ञान अनुसन्धान केन्द्रले (सिएसआइआरओ) मेसिन लर्निङ्ग टुलको विकास गरेको छ।
उक्त नयाँ अध्ययनबाट मानिसको शरीर भित्र नयाँ भेरीएन्टले कस्तो असर गर्छ भनेर पत्ता लगाउन सकिन्छ।
अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थले आफ्नो प्रतिवेदनमा आदिवासी अस्ट्रेलियालीहरुलाई ओमिक्रन भेरीएन्टबाट गम्भीर रोग लाग्ने सम्भावना अन्य अस्ट्रेलियाली भन्दा १.४ प्रतिशतले बढी रहेको देखिएको बताएको छ।
भिक्टोरिया सरकारले सङ्क्रमण रोक्नका लागि विद्यालयहरूमा शिक्षक र विद्यार्थीहरुलाई निःशुल्क १५ वटा ऱ्यापिड एन्टीजेन परीक्षण किट बाढ्ने भएको छ। विशेष विद्यालयका हकमा भने थप १५ वटा यस्ता किट उपलब्ध गराइनेछन्।
क्वीन्सल्याण्ड सरकारले वृद्ध मानिस र कम रोग प्रतिरक्षा प्रणाली भएका मानिसहरूलाई अगस्टको अन्त्यसम्म फेस मास्क लगाउन अनुरोध गरेको छ।
ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन ।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि ।
- ६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ
- तपाईँको राज्य या टेरिटरीका सम्बन्धित निर्देशनहरू: , , , , , , , ।
- कोभिड-१९ खोपको बारेमा तपाईँको भाषामा जानकारी उपलब्ध छ।