आजको अपडेट:
- खोपका लागि अस्ट्रेलियाली प्राविधिक सल्लाहकार समूह (अटागी)ले “पूर्ण मात्रा खोप” लगाएको सट्टा “खोप अद्यावधिक रहेको” वाक्यांश प्रयोगका लागि सिफारिस गरेको छ।
- अस्ट्रेलियामा बसोबास गर्ने १६ वर्ष माथिका मानिसहरूको कोभिड-१९ खोप "अद्यावधिक रहेको" जनाउन उनीहरूले बुस्टर डोज लगाएकै हुनुपर्नेछ।
- सोह्र वर्षभन्दा कम उमेरका मानिसहरूको हकमा भने दुई मात्रा खोपलाई नै "अद्यावधिक रहेको" मानिने छ।
- हाललाई यस प्रकारको परिभाषाले अन्तर्राष्ट्रिय सीमाबाट आउने मानिसहरूलाई नछुने पनि बताइएको छ। उनीहरूका हकमा कोभिड-१९ खोपका दुई मात्रा लगाएको चाहिँ प्रमाण हुनुपर्नेछ।
- मार्चको अन्तिम साताबाट अटागीको यो पछिल्लो सिफारिस लागू हुनेछ।
- सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टका अनुसार वृद्ध स्याहार केन्द्रमा काम गर्ने मानिसहरूका लागि बुस्टर डोज खोप अनिवार्य गरिनेछ।
- शुक्रवार जारी गरिएको सरकारी आँकडाहरू अनुसार अस्ट्रेलियाका न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड र साउथ अस्ट्रेलिया गरेर पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट कुल ४८ मानिसहरूले ज्यान गुमाएका छन्।
- साउथ अस्ट्रेलियामा गए रात यता केही प्रतिबन्धहरू खुकुलो पारिएका छन् र पब, क्लब र रेस्टुरेन्टहरूको ग्राहक क्षमता अभिवृद्धि गरिएको छ।
कोभिड-१९ सम्बन्धी पछिल्ला अस्ट्रेलियाली तथ्याङ्कहरू
- पछिल्लो गणना अवधिमा न्यु साउथ वेल्सको स्वास्थ्य विभागले राज्यभरका अस्पतालहरूमा १,७१६ जना कोभिड-१९ सङ्क्रमणका कारण भर्ना रहेको बताएको छ।
- राज्यले हिजो राती आठ बजेसम्ममा कोरोनाभाइरस सङ्क्रमणका कारण थप १९ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने थप ८,९५० मानिस सङ्क्रमित भएको बताएको छ।
- भिक्टोरियाली अस्पतालहरूमा ५५३ जना कोभिड-१९ का बिरामीहरु हाल भर्ती छन् जसमा ८२ जनाको सघन उपचार भइरहेको छ। ती ८२ जना मध्ये २३ लाई भेन्टिलेटरमा राखिएको पनि स्थानीय स्वास्थ्य अधिकारीहरूको भनाई छ।
- मध्यरातसम्मको २४ घण्टामा भिक्टोरियाले १३ राज्यवासीहरूलाई कोरोनाभाइरसका कारण गुमाएको छ भने ८,५२१ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ।
- यसै गरी क्वीन्सल्यान्डले पछिल्लो २४ घण्टामा कोभिड-१९ सङ्क्रमणबाट १४ राज्यवासीलाई गुमाएको छ भने ५,९७७ जनामा कोरोनाभाइरस देखिएको पुष्टि गरेको छ। राज्यभरका अस्पतालहरूमा ५८४ जना कोरोनाभाइरस बिरामीहरूको उपचार भइराखेको बताइएको छ जसमा ४५ जना आइसियुमा भर्ती छन्।
- टास्मेनियामा थप ५५२ नयाँ मामिलाहरू दर्ता भएका छन्। हाल कोभिड-१९ सङ्क्रमित १६ टास्मेनियालीहरुको अस्पतालमा उपचार भइरहेको छ जसमध्ये १ आइसियुमा छन्।
- साउथ अस्ट्रेलियाको हकमा भने पछिल्लो गणना अवधि भित्र थप दुई कोरोनाभाइरस बिरामीहरूको मृत्यु भएको छ, २१० जना बिरामीहरूको अस्पतालमा उपचार भइरहेको छ जसमा १६ जना सघन कक्षमा छन्।
- आज प्रकाशित तथ्याङ्क अनुसार साउथ अस्ट्रेलियाका थप १,४४५ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ।
ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन ।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि ।
- ६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ
- तपाईँको राज्य या टेरिटरीका सम्बन्धित निर्देशनहरू: , , , , , , , ।
- कोभिड-१९ खोपको बारेमा तपाईँको भाषामा जानकारी उपलब्ध छ।