- हाल अमेरिकामा रहेका अस्ट्रेलियाली उपप्रधानमन्त्री बार्नबी जोइस कोभिड-१९ सङ्क्रमित पुष्टि भएका छन्। स्वदेश फर्कन सुरक्षित नभए सम्म उनी त्यहाँ आइसोलेसनमा रहने छन्।
- क्वीन्सल्यान्डमा १६ वर्ष र त्यसभन्दा माथि उमेर समूहका ८०% जनसङ्ख्याले कोभिड-१९ खोप लगाएका छन्।
- क्वीन्सल्यान्ड र भिक्टोरिया दुवै ठाउँमा ओमिक्रन भेरिएन्ट देखिए पछि, अस्ट्रेलियामा यस भेरिएन्टको सङ्ख्या प्रमुख रूपमा बढ्न सक्ने स्वास्थ्य विज्ञहरूले बताएका छन्।
- सिड्नीको पब ट्रिभियासँग सम्बन्धित ४४ जनामा सङ्क्रमण पुष्टि भएको छ। तर ती ओमिक्रन भेरिएन्ट हो कि होइन भनेर हाल अनुसन्धान जारी छ।
- न्यु साउथ वेल्समा ओमिक्रनका थप ८ जना सङ्क्रमित पुष्टि भए पछि, कूल सङ्ख्या ४२ पुगेको छ।
- सर्बियाका टेनिस खेलाडी नोभाक जोकोभिकले अस्ट्रेलियन ओपन प्रतिस्पर्धामा भाग लिनका लागि 'अरू सबैले जस्तै' खोप लगाउनु पर्ने नियमको पालना गर्नु पर्ने प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्।
कोभिड-१९ सङ्क्रमणका पछिल्ला तथ्याङ्कहरू:
भिक्टोरियामा १,२३२ नयाँ सामुदायिक सङ्क्रमण फेला पर्दै थप ९ जनाको मृत्यु भएको छ।
न्यु साउथ वेल्समा ४२० नयाँ सामुदायिक सङ्क्रमित पुष्टि हुँदै १ जनाको ज्यान गएको छ।
अस्ट्रेलियन क्यापिटल टेरिटरीमा ४ वटा मामिला पुष्टि भएका छन्।
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन ।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि ।
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
यी पनि हेर्नुहोस्:

अस्ट्रेलियामा कोभिड–१९: थाहा पाउनै पर्ने जानकारी नेपाली भाषामा