बिहीबार अस्ट्रेलियामा कम्तीमा पनि ५९ कोभिड-१९ सँग सम्बन्धित मृत्यु दर्ता गरिएको छ। जसमध्ये भिक्टोरियामा २२, न्यु साउथ वेल्समा २१ र ९ जना क्वीन्सल्याण्डका रहेका छन्।
न्यु साउथ वेल्समा १५ केही समय अघि नै, प्राय मे महिनाको मध्यतिर मृत्यु भएकाहरू रहेका छन्।
त्यस्तै वेस्टर्न अस्ट्रेलियामा पनि ५ केही समय अगाडीका मृत्युहरू दर्ता गरिएको छ।
अस्ट्रेलियाभरको पछिल्लो कोभिड-१९ तथ्याङ्क हेर्न ।
फाइजर कोभिड-१९ खोप सो उमेर समूहका रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर प्रभाव परेका, अशक्तता भएका र जटिल स्वास्थ्य अवस्था भएकाहरूले लगाउन सक्ने छन् जो गम्भीर कोभिड-१९ सङ्क्रमणको उच्च जोखिममा रहेका छन् ।
तर उनीहरूले तिन महिना अगाडी दोस्रो खोप लगाएको हुनु पर्नेछ।
यो उमेर समूहका लागी मडेर्ना र नोभाभ्याक्सलाई दर्ता गरिएको छैन।
अटागीले १२ देखि १५ वर्षका सम्पूर्णलाई आठ हप्ताको फरकमा कोभिड-१९ को दुई मात्रा खोप लगाउन सुझाव दिएको छ। साथै सुझावमा कोभिड-१९ सङ्क्रमण भएकाहरूका लागी सङ्क्रमण भएको तिन महिना पश्चात् खोप लगाउन भनिएको छ।
सम्पूर्ण अस्ट्रेलियालीहरूले फ्लुको खोप लगाउन पनि अटागीले प्रोत्साहन गरेको छ। फ्लुको खोप र कोभिड-१९ खोप एकै दिनमा पनि लगाउन सकिने छ।
शनिवार साउथ अस्ट्रेलियाका छ प्राथमिक विद्यालयहरूमा बिहान १० देखि दिउँसो ४:३० बजेसम्म कोभिड-१९ को खोप उपलब्ध गराइँदै छ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रस अढानम गेब्रिएसस्ले २९ राष्ट्रहरूबाट १ हजार मङ्किपक्सका मामिलाहरू रिपोर्ट गरिएको बताएका छन्।
यी कुनै राष्ट्रमा पनि यो निश्चित स्थान र मानिसहरूमा मात्र सीमित रहेको छैन।
तर यो सङ्क्रमणबाट कसैको पनि मृत्यु दर्ता गरिएको छैन। सङ्गठनले प्रभावित राष्ट्रहरूलाई यी मामिलाहरू र नजिकको सम्पर्कमा आएकाहरू पनि पत्ता लगाई यसलाई थप फैलनबाट रोक्न आग्रह गरेको छ।
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन ।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि ।
- ६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ
- तपाईँको राज्य या टेरिटरीका सम्बन्धित निर्देशनहरू: , , , , , , , ।
- कोभिड-१९ खोपको बारेमा तपाईँको भाषामा जानकारी उपलब्ध छ।
कोभिड-१९ खोपबारे जानकारी
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
यी पनि हेर्नुहोस्:

अस्ट्रेलियामा कोभिड–१९: थाहा पाउनै पर्ने जानकारी नेपाली भाषामा