कोभिड-१९ अपडेट: एसीटीमा लकडाउन तेस्रो पटक लम्बियो

यो मङ्गलवार, १४ सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Eneo ya kati ya mji wa Canberra, Jumatano, Agosti 25, 2021.

Mtu asukuma kifaa chenye bidhaa, katika eneo la maduka lililo tupu mjini Canberra, Jumatano, Agosti 25, 2021. Source: AAP Image/Lukas Coch

मुख्य बुँदाहरू: 

  • न्यु साउथ वेल्सले कोभिड-१९ सहायता भुक्तानीका दायरा बढायो,
  • मानसिक स्वास्थ्य सहायताका लागि भिक्टोरियामा थप अनुदान,
  • एसीटीमा लकडाउन १५ अक्टोबरसम्मका लागि लम्बियो र
  • क्वीन्सल्यान्डमा कोरोनाभाइरसको थप एक स्थानीय सङ्क्रमण मामिला।
 


 

न्यु साउथ वेल्स

न्यु साउथ वेल्सले हिजो बेलुका आठ बजेसम्मको समयमा कोरोनाभाइरसका थप १,१२७ सामुदायिक सङ्क्रमण र दुई मृत्यु दर्ता गरेको छ।

हिजै कोभिड-१९ सङ्क्रमणको पहिचान भएपछि यास भ्याली काउन्सिल क्षेत्रमा ‘स्टे-एट-होम’ वा घरमा नै बस्न आदेश जारी गरिएको छ।
अधिकारीहरुका अनुसार उक्त आदेश सो क्षेत्रमा बसोबास गर्ने सबै मानिसहरूका साथै सेप्टेम्बर ९ तारिख यता त्यहाँ पुगेका व्यक्तिहरूमाथि पनि लागू हुनेछ।

उता, ढल प्रशोधन केन्द्रमा भाइरस फेला परेपछि मुरुम्बिजी स्थानीय स्वास्थ्य जिल्लाका बासिन्दाहरूलाई कोभिड-१९ परीक्षणका लागि अगाडी आउन न्यु साउथ वेल्सको स्वास्थ्य विभागले आग्रह गरेको छ।

हाल उक्त समुदायमा सङ्क्रमण पुष्टि भइसकेको छैन।

राज्य सरकारले बहुसाँस्कृतिक पृष्ठभूमिका मानिसहरू सहितलाई लक्षित गरेर कामदार एवम् जोखिममा रहेका समुदायहरूका लागि

भिक्टोरिया

मध्यरातसम्मको अवधिमा कोरोनाभाइरसका कारण थप दुई मृत्युका साथै भिक्टोरियाले स्थानीय सङ्क्रमणका ४४५ नयाँ मामिलाहरू दर्ता गरेको छ।

राज्यमा हाल कोभिड-१९ का ३,७९९ सक्रिय मामिलाहरू छन् भने ती मध्ये ८५ प्रतिशत सङ्क्रमितको उमेर ५० वर्षभन्दा कम रहेको सरकारी भनाई छ।

भिक्टोरियाका डेपुटी प्रिमियर जेम्स मेलिनोले २ करोड २१ लाख डलर बराबरको मानसिक स्वास्थ्य सेवा राहत प्याकेजको घोषणा आज बिहान गरेका छन्।

महानगरीय मेलबर्नका साथै रिजनल भिक्टरोरियामा सामुदायिक मानसिक स्वास्थ्य सेवाहरूको व्यवस्था गर्न भन्दै उक्त घोषणा गरिएको हो।
अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर
आफू बसेको ठाउँबाट पाँच किलोमिटरको परिधि कहाँसम्म छ त भनेर जान्न चाहनुहुन्छ भने तलको नक्साको “Search address” लेखेको बक्सामा आफ्नो घर भएको सडकको नाम हालेर हेर्नुहोस्।
अत्यावश्यक भनेर वर्गीकृत भएका काममा जान, कोभिड-१९ को खोप लगाउन, कोरोनाभाइरस परीक्षण र जरुरी किनमेल लगायत आफन्तजनको हेरचाह गर्न जानुहुन्छ भने चाहिँ तपाईँलाई पाँच किलोमिटरको नियम लागू हुँदैन। भिक्टोरियाली सरकारका अनुसार यस प्रकारको यात्रा प्रतिबन्ध आगामी सेप्टेम्बर २ तारिख रातीको ११:५९ बजेसम्म कायम रहनेछ।

*महानगरीय मेलबर्नमा ३१ स्थानीय सरकार क्षेत्र वा काउन्सिलहरू पर्छन्, र ती यस प्रकार छन्:* * बान्युल, * ह्युम, * मोरल्यान्ड, * बेसाइड, * किङ्गस्टन, * मर्निङ्टन पेनिनसुला, * बुरूनडारा, * नक्स, * निलुमबिक, * ब्रिमब्याङ्क, * मनिङ्घम, * पोर्ट फिलिप, * कार्डिनिया, * म्यारीब्नङ, * स्टनिङटन, * केसी, * मरून्डाह, * ह्वाइटहर्स, * डारेबिन, * मेलबर्न, * ह्विट्टलसी, * फ्र्याङ्क्सटन, * मेल्टन, * विन्डह्याम, * ग्लेन आइरा, * मोन्यास, * यार्रा, * ग्रेटर ड्यान्डेनङ, * मूनी भ्याली, * यार्रा रेन्जेस र * हब्सन बे। 

[link title="अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर" url="node/1827625"]
SBS News graphic
Source: SBS News
अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

देशको राजधानी शहर रहेको प्रदेशले आज कोभिड-१९ का थप २२ स्थानीय सङ्क्रमण मामिलाहरू पुष्टि गरेको छ।

मध्यरातसम्मको २४ घण्टामा ती मामिलाहरू दर्ता भएका हुन्।

मुख्यमन्त्री एन्ड्रु बार्रले थप चार साताका लागि भन्दै एसीटीमा जारी लकडाउन लम्ब्याइने घोषणा गरेका छन्।

हाल जारी प्रतिबन्धहरूमा १७ तारिखदेखि केही परिमार्जन सहित लकडाउनको समय सीमा बढाउन लागिएको हो।

उनका अनुसार स-साना पसलहरूमा पाँच जनासम्म एकैसाथ वा प्रति चार वर्ग मिटर एक व्यक्तिका दरले मानिसहरू जम्मा हुन सक्नेछन्।

वेस्टर्न अस्ट्रेलिया

राज्यमा बसोबास गरिरहेका ६० वर्ष माथिका मानिसहरू आगामी हप्तादेखि फाइजरद्वारा निर्मित कोभिड-१९ विरुद्धको खोपका लागि योग्य हुनेछन्।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे 

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी  मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा 

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्:  ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे 


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका र 


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

 भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी  र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।

 

 


Share
Published 14 September 2021 1:43pm
Updated 14 September 2021 1:47pm
By SBS/ALC Content
Source: SBS


Share this with family and friends