कोभिड-१९ अपडेट: अस्ट्रेलिया भर ४५ जनाको मृत्यु, वेस्टर्न अस्ट्रेलियामा दैनिक १५,००० भन्दा बढी सङ्क्रमित

यो शुक्रबार मे १३ तारिखको कोरोनाभाइरस अपडेट हो।

People wait outside a COVID testing clinic South of Brisbane, Wednesday, January 5, 2022. (AAP Image/Jono Searle) NO ARCHIVING

Queensland's hospitalisation number has declined from 597 on 13 April to 407 on 13 May. Source: AAP Image/Jono Searle

शुक्रबारसम्मको २४ घण्टे गणना अवधिमा अस्ट्रेलिया भर कोभिड-१९ सङ्क्रमणका कारण ४५ जनाको ज्यान गएको छ। ती मध्य भिक्टोरियामा १८ जना, न्यु साउथ वेल्समा १३ जना र क्वीन्सल्यान्डमा १२ जना सङ्क्रमित थिए। 

वेस्टर्न अस्ट्रेलियामा १५,५६५ नयाँ सङ्क्रमित पुष्टि भएका छन्। यो सङ्ख्या बिहीबारको १६,६७० बाट थोरै मात्रामा घटेको हो। त्यस्तै, राज्यमा सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ। 

कोभिड-१९ का पछिल्ला सङ्क्रमण, अस्पताल भर्ना तथा मृतक सङ्ख्या बारे जानकारी  उपलब्ध छ। 
अस्ट्रेलियन क्यापिटल टेरिटरीका बासिन्दाहरूले शुक्रबार मे १३ तारिखको राति ११:५९ बजेदेखि यी स्थानहरूमा चेक-इन गर्नु पर्दैन: लाइसेन्स भएका स्थानहरू, दर्ता गरिएका क्लब, नाइटक्लब, स्ट्रिप क्लब, ब्रोथेल र टिकट नचाहिने कार्यक्रमहरूमा। 

उत्तर कोरियाले एक अज्ञात ज्वरोका कारण ६ जनाको मृत्यु भएको, र देशमा पहिलो कोभिड-१९ सङ्क्रमण पुष्टि भएको भनी बिहीबार बताएको छ। 

गत अप्रिल महिनादेखि ३,५०,००० भन्दा बढी मानिसहरूलाई ज्वरोको उपचार गरिएको राज्यको मिडियाले बताएको हो। 

महामारी सुरु भएदेखि अमेरिकामा अहिलेसम्म करिब १० लाख जनाको मृत्यु भएको छ। यस दुखद तथ्याङ्कलाई औँल्याउँदै, राष्ट्रपति जो बाइडेनले "महामारी अझै नसकिएको" बताए। 


महामारीको अन्त्य गर्ने रणनीतिहरूबारे छलफल गरिने ग्लोबल कोभिड-१९ सम्मिटमा बोल्दै उनले त्यसो भनेका हुन्।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन 

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि 

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन 



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share
Published 13 May 2022 1:52pm
Updated 13 May 2022 4:37pm


Share this with family and friends