चीनको पर्यटन तथा सँस्कृति मन्त्रालयले हिजो जारी गरेको एक विज्ञप्तिमा अस्ट्रेलियामा हालै जातिभेदी र रंगभेदी बढ्दै गरेको कुरा उल्लेख छ।
कोरोनाभाईरस पछि विशेषगरी चिनियाँ वा अन्य एशियाली मूलका मानिसहरुमाथि यस किसमको दुर्व्यावहार बढ्दै गएको कुरा प्रकाशमा आएको उक्त विज्ञप्तिले जानकारी दिएको छ।
“यसै कुरालाई मध्देनजर गर्दै चीनका पर्यटकहरुलाई सुरक्षित-उपाय अपनाउन र अस्ट्रेलिया भ्रमण नगर्न सल्लाह दिन्छ,” प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ।
चीन सरकारको यस निर्णय- त्यहाँबाट प्रकाशित हुने एक पत्रिकामा यससम्बन्धमा समाचार प्रकाशित भएपछि आएको हो। चिनियाँ सरकारको स्वामित्वमा रहेको ग्लोबल टाईम्सले अस्ट्रेलियामा गई पढ्ने योजनामा रहेका चिनियाँ विधार्थीहरुको विशेष ध्यानाकृष्टगरेको थियो।
“अस्ट्रेलिया गई पढ्ने ईच्छा हुनेले निकै सजगता अपनाउन अपरिहार्य छ,” उक्त पत्रिकाको समपादकियमा भनिएको थियो।
चीन सरकारको यो पछिल्लो सल्लाहले अस्ट्रेलियाको अर्थतन्त्रलाई प्रभाव पार्ने प्रष्ट देखिन्छ। चिनियाँ पर्यटकहरु अस्ट्रेलियामा सबैभन्दा बढी संख्यामा आउनेमा पर्छन् र उनीहरुको स्थानिय अर्थतन्त्रका लागि झण्डै १२ अर्ब डलरको योगदान रहेको बताईन्छ।
त्यस्तै चिनियाँ बिधार्थीहरुको पनि यहाँको अर्थतन्त्रमा ठूलो प्रभाव रहेको छ।

Chinese students studying abroad dressed in academic gowns pose during a graduation photo shoot at Curtin University in Bentley, Perth Source: Imaginechina
यता कोरोनाभाईरसका कारण चिनियाँ मूलका मानिसहरुमाथि दुर्व्वहार बढको कुरा समाचारहरुमा आउदै गरेका छन्।
अस्ट्रेलियाको मानब अधिकार आयोगले यसबर्षको फेब्रुररि महिनामा जातिभेद सम्बन्धि गुनासो निकै मात्रामा आएको जानकारी दिएको छ।
द एशियन अस्ट्रेलियान एलायंसले यस सम्बन्धका गुनासोहरु सँगाल्ने एक अनलाईन मञ्च पनि तयार गरेको छ। यसका अनुसार यसरी कोरोनाभाइरसका कारण दुर्व्यवहारको पीडा पाउनेहरुमा ६० प्रतिशतभन्दा बढी महिलाहरु रहेको र यि मध्ये धेरैले प्रहरि समक्ष गुनासो नगरेको उल्लेख गरेको छ।
चिनियाँ सरकारको यो पछिल्लो निर्णयले दुई देश बिचको सम्बन्धमा बढ्दै गएको तनाव झनै बल्झिन सक्ने संभावना बढेर गएको छ।
न्यु साउथ वेल्समा बढ्यो जातिभेदी व्यवहार

न्यु साउथ वेल्समा कोरोनाभाईरसले बढाएको जातिभेदी व्यवहार विरुद्ध नयाँ अभियान
गत महिना मात्र चीनले अस्ट्रेलियाका जौ उत्पादनमा ८० प्रतिशत कर थपेको थियो भने, चार प्रमुख कषि उत्पादकहरुलाई गलत सूचना संप्रेषण गरेको भन्दै प्रतिबन्धित गरेको थियो।
कोरोनाभाईरसको सम्बन्धमा एक स्वतन्त्र जाँच हुनु पर्छ भन्ने अस्ट्रेलियाको आग्रहले गर्दा चीनले दुई पक्षिय सम्बन्ध बिगार्दै गरेको केहिले आरोप लगाउदै आएका छन्।
तर चीनले भने आफ्ना निर्णयहरुको बदलाको भावनाले अभिप्रेरित नभएको दावी गरेको छ।