अस्ट्रेलियाको खोप कार्यक्रम नयाँ चरणमा प्रवेश गरेको छ ।
जस अन्तर्गत ५० वर्ष माथि उमेर समूहमा मानिसले खोप कार्यक्रममा सहभागी भएका सामान्य जिकीत्सक जसलाई जी पी भनिन्छ उनीहरू मार्फत खोप लिन सक्नेछन् ।
यस अघि उक्त समूहका मानिसले सरकारले तोकेको खोप केन्द्र्मा मात्र खोप लिन पाउने थिए ।
शुक्रवार सम्म अस्ट्रेलियाली ३० लाख भन्दा बढी मानिसले खोप लगाई सकेको बताइन्छ ।
शनिवारका दिन मात्र पनि करिब तिस हजार मानिसले खोप लगाएको प्रधानमन्त्री स्कट मोरीसनले बताएका छन् ।
"यदी तपाई ५० वर्ष माथिको हुनुहुन्छ भने तपाई खोप उपलब्ध गराउने जी पी कहाँ जान सक्नु हुनेछ ।” क्विन्सल्याण्डको ग्लाडस्टोनमा सवाददाताहरु सँग बोल्दै प्रधानमन्त्री स्कट मोरीसनले भने ।
बृद्धा स्याहार केन्द्र्मा रहेका ८५ प्रतिशत मानिसहरूले खोप लगाइसकेको भन्दै प्रधानमन्त्री मोरीसनले ७० वर्ष माथिका लाई खोप लगाउन अनुरोध पनि गरेका छन् ।
"यो हाम्रो लागि एकदमै उच्च प्राथमिकता हो किनभने यदि अस्ट्रेलियामा प्रकोप हुने हो भने तिनीहरू सबैभन्दा खतरामा रहेका मानिसहरू हुन् र यही नै हाम्रो ध्यान सबैभन्दा बढी केन्द्रित छ ” उनले भने ।

Scott Morrison Source: AAP
प्रधानमन्त्री मोरीसन सीमा खोल्ने कुरामा भने तटस्थ देखिएका छन् ।
बिपक्षीदलले अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध चाडै हट्नु पर्ने बताउँदा प्रधानमन्त्री मोरीसन भने सुरक्षित अवस्थाका सिर्जना नभएसम्मका लागि अन्तर्राष्ट्रिय सीमा खोल्न नहुने बताउँछन् ।
गत हप्ता सार्वजनिक भएको सङ्घीय बजेटले पनि सन् २०२२ को मध्य सम्मै सीमा बन्द रहने अनुमान गरेको छ ।
वर्षको अन्त्य सम्म पनि लाखौँ बालबालिका र खोप लगाउन अनिच्छुक देखिएका १० औ लाख मानिसहरू बाकि रहने प्रधानमन्त्रीले बताए ।
यता भिक्टोरियाका कार्यवाहक प्रिमीयर जेम्स मर्लिनो अस्ट्रेलियाली सीमा खोल्ने कुरा सरकारको खोप कार्यक्रमको प्रभावकारितामा निर्भर हुने बताउँछन् ।
"धेरैहद सम्म खोप कार्यक्रम एक बिन्दुमा पुगे पछि थप परिवर्तन गर्न सक्ने छौ ” उनले भने ।